![]()
राजविराज । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा नेपाली कांग्रेसले पनि आफ्नो उम्मेदवारी दर्ता गराएको छ ।
नगरपालिकाको वडा नम्बर १ र ४ मा वडा अध्यक्ष पदका लागि उप निर्वाचन हुँदैछ ।
नेपाली कांग्रेसले दुबै वडामा उम्मेदवारी दिएको छ ।
वडा नम्बर १ मा भुलियादेवी चाैधरी र ४ काे अध्यक्ष पदका लागि जोगेन्द्र रायले उम्मेदवारी दिएका छन् । भुलियादेवी निधन भएका यसअघिका वडा अध्यक्ष प्रितमलाल चाैधरीका पत्नी हुन् ।
उनीहरू आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आएर उम्मेदवारी दर्ता गराएका छन् ।












