![]()
राजविराज । राजविराजका ५ जना माछा व्यापारीलाई जरिवाना तोकिएको छ । ढुँगा र इँटाको ढक राखेर उपभोक्तासँग ठगी गरेको पाइएपछि उनीहरुलाई जरिवाना गरिएको हो ।
बिहीबार जिल्ला प्रशासन कार्यालय, सप्तरीको नेतृत्वमा खटिएको अनुगमन टोलीले इँटा र ढुँगाको ढक राखेर माछा बेच्ने ५ जनालाई जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र प्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार माछा व्यापारी माला देवी मुखिया, जुली खातुन, चन्द्रकला देवी मुखिया, रिंकु सहनी र मुकेश मुखियालाई रु १० हजारका दरले जरिवाना तोकिएको छ ।
उनीहरुको ढक तराजु जफ्त गर्दै १५ दिनभित्र डिजिटल तराजु राख्न निर्देशन दिइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी यादवका अनुसार गुणस्तर तथा नापतौल विभागको अनुमति लिएर हटिया व्यवस्थित गराउन निर्देशन समेत दिइएको छ ।












