![]()
राजविराज । अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंकमा खाता खाेल्ने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा राजविराज ५ बस्ने २८ बर्षका अभिषेक यादव र २० बर्षका अरुण कुमार यादव छन् ।
असार २०८० मा एक जनाको नागरिकता हराएको थियो । ती नागरिकतामा अभिषेकले अरूणकाे फाेटाे टाँसी विराटनगरस्थित सिटिजन्स बैंकमा खाता खाेलेका थिए । बैंकमा खाता खाेली अन्य व्यक्तिहरूबाट लाखौंको रकम ठगी गरिरहेकाे पाइएको अवस्थामा दुबैलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
उनका अनुसार नागरिकता सम्बन्धी कसुर र ठगीमा जाहेरी प्राप्त हुनासाथ दुबैलाई पक्राउ गरिएको हो ।
पक्राउ परेकालाई शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गर्दै प्रहरीले अदालतबाट म्याद थप गरि अन्य अनुसन्धान गरिरहेको जनाएको छ ।












