ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बिटौरी र ब्लक जग्गाधनीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

बिटौरी र ब्लक जग्गाधनीद्वारा दोस्रो चरणको आन्दोलन घोषणा

Loading

राजविराज । राजविराज नगरपालिकाभित्रका बिटौरी र ब्लक जग्गाधनीहरुले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

उनीहरूले गठन गरेको राजविराज नगरबासी पीडित संघष समितिले मंगलबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो । विभिन्न ८ बुँदे माग अघि सार्दै आन्दोलनको घोषणा गरेका हुन ।

आन्दोलन अन्तर्गत बैशाख १८ गते बिहीबार राजविराज नगरपालिका भित्रका घर/घर र पसल पसलमा कालो झण्डा झुण्डयाउने, १६ गते शुक्रवार देखि स्थानीय गजेन्द्र चौकमा मागका पक्षमा हस्ताक्षर संकलन अभियान चलाउने, २१ गते आइतवार बिहान १० बजे नापी कार्यालय राजविराजमा १ घण्टा धर्ना दिने र २२ गते सोमवार बिहान १० बजे राजविराज नगरपालिका कार्यालयमा १ घण्टा धर्ना दिने कार्यक्रम तय गरिएको संघष समितिका संयाेजक इर्साद अन्सारीले जानकारी दिए ।

समितिले राजविराज नगरपालिकाको बिटोरी र ब्लक जग्गाको लालपूर्जाबाट बन्चित रहेका ५ हजार भन्दा बढी परिवारलाई अविलम्ब लाल पूर्जा प्रदान गर्नुपर्ने, राजविराज बसपार्क अविलम्ब संचालन गर्नुपर्ने, राजविराज हटियामा निर्माणाधीन व्यवसायिक कम्पलेक्सको निर्माण कार्य अविलम्ब सकाएर व्यापारीलाई हस्तान्तरण गर्नुपर्ने माग अघि सारेका छन् ।

यस्तै, खाडो नदी तटबन्ध क्षेत्रका जग्गाहरूको नापी अविलम्ब गर्नुपर्ने, राजविराज-कंचनपुर सड़क खण्डको निर्माण कार्यमा देखिएका समस्या अविलम्ब समाधान गर्नुपर्ने, सीमानाकामा विषादी परिक्षणका लागि क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, लामखुट्टे नियन्त्रणका लागी नगर क्षेत्रमा अविलम्ब औषधी छर्कने व्यवस्था गर्नुपर्ने, सप्तरीको सिमानाका क्षेत्रमा वर्षों देखि बन्द रहेका छोटी भंसार कार्यालयहरू अविलम्ब संचालन गर्नुपर्ने माग समेत उनीहरूले गरेका छन् ।

घोषण गरिएको आन्दोलनबाट समेत माग पुरा नभए बैशाख २४ गते समिक्षा गरि तेस्रो चरणको आन्दोलन घोषणा गरिने पत्रकार सम्मेलनमा सदस्य शम्भुलाल देवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एमपिएल मधेश : जनकपुर १९८ रनको अन्तरले विजयी 

Next Post

शरीर बन्धक बनाई जवर्जस्ती करणी मुद्दामा फरार रहेका इम्तियाज पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शरीर बन्धक बनाई जवर्जस्ती करणी मुद्दामा फरार रहेका इम्तियाज पक्राउ

शरीर बन्धक बनाई जवर्जस्ती करणी मुद्दामा फरार रहेका इम्तियाज पक्राउ

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरीमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु, आधा दर्जन यात्री घाइते 

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

बदगामा दुर्घटना अपडेट : थप एक जनाको मृत्यु 

राप्रपा अध्यक्ष लिङ्देनलाई कार्वाही गर्न सप्तरी कांग्रेसकाे माग

राप्रपा अध्यक्ष लिङ्देनलाई कार्वाही गर्न सप्तरी कांग्रेसकाे माग

कोशी नहरको गेटमा फेला प¥यो लास

बदगामामा बस दुर्घटना : मृतकको खुल्याे पहिचान 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.