![]()
राजविराज । अपहरण तथा शरीर बन्धक बनाई जवर्जस्ती करणी मुद्दामा अदालतबाट कैद ताेकिएर फरार रहेका एक जना सप्तरीबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुरुङा नगरपालिका वडा नम्बर ५ बस्ने माे. इम्तियाज भनिने इम्तियाज अहमद रहेको प्रहरीले जनाएको छ ।
इम्तियाजलाई सप्तरी जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक बनाई जवर्जस्ती करणी मुद्दामा ८ बर्ष कैद सजाय तोकेको थियो ।
अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा फरार रहेका उनलाई पक्राउ गरी सप्तरी जिल्ला अदालतमा दाखिला गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।











