ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सम्पादकीय : एकअर्काको अस्तित्व स्वीकार गर्नु आवश्यक


सम्पादकीय : एकअर्काको अस्तित्व स्वीकार गर्नु आवश्यक

Loading

अन्ततः तीन दिनदेखिको तनाव सप्तरीमा अन्त्य भएको छ । सामाजिक संजालमा एक जनाले हिन्दु धर्मका भगवान श्रीकृष्णको बिषयमा घृणित टिप्पणी गरेपछि एक्कासी राजविराजसहित जिल्लाका अन्य ठाउँहरु पनि तनावग्रस्त बन्न पुगेको थियो । शुक्रबार हिन्दु सम्राट सेनासहितका हिन्दु संघ–संगठनले सदरमुकाम राजविराज बजार बन्द गराए । यसको असर जिल्लाको अन्य ठाउँहरुमा पनि पर्‍यो । त्यस दिन जिल्लाको व्यापार र यातायात दुबै ठप्प रह्यो । सोही दिन जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा घृणित टिप्पणी गर्ने व्यक्तिले लिखित र मौखिक रुपमा माफी मागेपछि विवादको अन्त्य भयो । सहमति भए लगत्तै केही युवाले तनावको स्थिति सृजना गर्न खोजेपछि प्रहरीले साम्य पारेको थियो ।

सप्तरी जिल्लामा बिभिन्न धर्माम्बलीहरु बर्षौदेखि बस्दै आएका छन् । अरु जिल्लाजस्तो यहाँ कुनै पनि विवाद नभएको स्थितिमा एक्कासी यस किसिमको रुप लिनु आफैं डरलाग्दो कुरा हो । यसले कसैको फाइदा पुर्‍याउँदैन् । क्षतिबाहेक केही उपलब्धी हुँदैन् । विगतजस्तै सौहार्दता, सहिष्णुता कायम राख्नु सबैका लागि जरुरी छ । कुनै पनि धर्मका व्यक्तिले अन्य धर्मबिरुद्ध नबोलेकै राम्रो हुन्छ । यसले बर्षौदेखिको मित्रता, सौहार्दता र सहिष्णुतालाई एकछिनमै धुमिल बनाइदिन्छ । अन्य जिल्लाहरुमा भएको घट्नालाई नियाँलौं । धेरै क्षति व्यहोर्नुपरेको छ । क्षति त हुन्छ नै समाजमा बिग्रहको स्थिति पनि उत्पन्न हुन्छ । एकअर्काबीच विवाद बढ्दा समाज नै तहसनहस हुन्छ ।

हो, कसैले गल्ती नै गरेको छ भने उसलाई कानुन अनुसारको कार्वाही गराउन अगाडि बढ्नुपर्छ । एक जनाले गल्ती गर्दैमा समग्र समुदायलाई नै गालीगलौज गर्नु न्यायोचित्त हुन सक्दैन् । सिद्धान्तले के भन्छ भने गलत गर्नेको कुनै धर्म हुँदैन् । कुनै धर्मका व्यक्तिले अपराधै गरेको छ भने सबै मिलेर त्यसलाई कानुन अनुसारको कार्वाही गराउनुपर्छ, तोडफोड, आगजनी गर्नुहुँदैन् । यसले कसैको पनि भलो हुन सक्दैन् । जहाँ अशान्ति हुन्छ, जहाँ एकअर्काबीच विवाद हुन्छ, त्यहाँको विकासीय गतिमा समेत ब्रेक लाग्ने गरेको इतिहासबाट पाठ सिक्नु सबैका लागि आवश्यक छ । एकले अर्काको अस्तित्व स्वीकार गरी समाजलाई अघि बढाउनु नै अहिलेको आवश्यक्ता हो । यसतर्फ हामी सबैले मनन गर्नु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सिके राउत, राजेन्द्र महतोपछि उपेन्द्र यादव पनि सप्तरी–२ बाट उम्मेदबार सिफारिस

Next Post

डाक्नेश्वरी नगरपालिकाले विद्यालयमा दियो पाँच दिनको विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

डाक्नेश्वरी नगरपालिकाले विद्यालयमा दियो पाँच दिनको विदा

सप्तरी : १५ बर्षीया बालिकासँग लघुबित्त संस्थाभित्रै जर्वजस्ती करणी

सप्तरी : १२ बर्षीया बालिकासँग जर्वजस्ती करणी, नाबालक पक्राउ

२१२ सहभागीलाई उछिन्दै प्रहरी जवानको तालिममा सर्वप्रथम भए मुसहर समुदायका युवा जय सदा

२१२ सहभागीलाई उछिन्दै प्रहरी जवानको तालिममा सर्वप्रथम भए मुसहर समुदायका युवा जय सदा

छोरालाई बिष खुवाएर मारेको आरोपमा आमा पक्राउ

छोरालाई बिष खुवाएर मारेको आरोपमा आमा पक्राउ

गजेन्द्रनारायण सिंह अस्पताललाई सुधार गर्न आग्रह गर्दै मेसुलाई फाउण्डेशनको सुझाव

गजेन्द्रनारायण सिंह अस्पताललाई सुधार गर्न आग्रह गर्दै मेसुलाई फाउण्डेशनको सुझाव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.