ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

२१२ सहभागीलाई उछिन्दै प्रहरी जवानको तालिममा सर्वप्रथम भए मुसहर समुदायका युवा जय सदा


२१२ सहभागीलाई उछिन्दै प्रहरी जवानको तालिममा सर्वप्रथम भए मुसहर समुदायका युवा जय सदा

Loading

एस.के. शान

राजविराज । मधेशका जिल्लाहरुमा बसोबास गर्ने मुसहर समुदाय अहिले पनि धेरै पिछडिएको सूचीमा छन् । छाँक टार्न समेत समस्या हुने यी समुदायमा पछिल्लो समय केही सकारात्मक परिवर्तन आएपनि आर्थिक, सामाजिक क्षेत्रमा अअहिले पनि पिछडिएकै अवस्थामा छन् । ज्याला मजदूरी गरेर दिन बिताउने यी समुदायका बालबालिका तथा युवाहरु शिक्षाबाट अझैं बंचित छन् ।

तर लगनशिल भएर मिहिनेत गरे लक्ष्य प्राप्ति गर्न सकिने उदाहरणलाई सार्थक बनाएका छन् यहीं समुदायका एक युवा । ती युवा प्रहरीको जागिर मात्रै पाएका छैनन्, २१३ जनामा प्रथम स्थान समेत हासिल गरेका छन् ।

सरकारी जागिर पाउन फलामको च्यूरा चपाए झैं हुने मुसहर समुदायका जय सदा प्रहरी तालिम केन्द्र राजविराजमा भएको (५–०५) औं समूहको प्रहरी जवान तालिममा सहभागी भएका थिए । उनीसँगै तालिममा २१३ जना सहभागी थिए । तर सबैलाई उछिनेर उनी तालिमकै सर्वप्रथम हुन सफल भएका छन् ।

महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका वडा नम्बर ६ महादेवपट्टी घर भएका सदा कुल ७०० पूर्णाङकमा ५८२ दशमलव ३४ अंक प्राप्त गरी प्रथम भएको तालिमका संयोजक प्रहरी नायव उपरीक्षक सुनिल दाहालले बताए । प्रतिशतको आधारमा हेर्ने हो भने उनले ८३ दशमलव १९ प्रतिशत अंक प्राप्त गरेका छन् ।

२०५८ साल पुस ५ गते माता पुनिता देवी र पिता नरेश कुमार सदाको कोखबाट जन्मिएका जय कुमार जसोतसो एसईईसम्मको अध्ययन गर्न पाए ।

आर्थिक रुपमा कमजोर परिवारमा जन्मिएका जयकुमारले हिम्मत भने कहिले हारेनन् । प्रहरी बन्ने लक्ष्यसहित उनी मिहिनेत गरिरहे । अन्ततः उनले सफलता पनि प्राप्त गरेका छन् ।

‘प्रहरी बन्ने लक्ष्य राखेको थिएँ, जुन पूरा भएको छ’ हँसिलो मुहारमा उनले भने, ‘असाध्यै खुशी लागेको छ ।’

प्रहरीमा आवेदन दिएपछि सबै किसिमको छनौट प्रकृयामा उनी सफल हुँदै गए । ‘कडा रुपमा मिहिनेत गर्‍यौं र सरहरुले पनि धेरै कुरा सिकाउनुभयो’ जयकुमार भन्छन्, ‘घरपरिवार सबैतिरको ध्यान छाडेर तालिममा राम्रो गर्नेबारे मात्रै सोंच्यौं ।’

११ पुसमा २१३ जनासँगै उनी पनि प्रहरी जवान पदमा दिक्षित भए । दिक्षान्त समारोहमा पनि उनी कवाजसहित बिभिन्न प्रदर्शनीको अगुवाई गरे ।

दिक्षान्त समारोहमा आफ्‌नो छोरालाई बधाई दिन आएकी उनकी आमा पुनिता देवी खुशीले गदगद देखिइन् । ‘धेरै दुःख गरेर छोराको लालनपालन गर्दै एसईईसम्म पढाएकी छु’ उनले भनिन्, ‘एक दिन सुख आउँछ भन्ने विश्वास थियो । अब सुखको अनुभूति गर्छु ।’

तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहालले जय शुरुदेखि नै लगनशिल भएर तालिममा मिहिनेत गर्दै आएकाले सफलता प्राप्त गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : १२ बर्षीया बालिकासँग जर्वजस्ती करणी, नाबालक पक्राउ

Next Post

छोरालाई बिष खुवाएर मारेको आरोपमा आमा पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
छोरालाई बिष खुवाएर मारेको आरोपमा आमा पक्राउ

छोरालाई बिष खुवाएर मारेको आरोपमा आमा पक्राउ

गजेन्द्रनारायण सिंह अस्पताललाई सुधार गर्न आग्रह गर्दै मेसुलाई फाउण्डेशनको सुझाव

गजेन्द्रनारायण सिंह अस्पताललाई सुधार गर्न आग्रह गर्दै मेसुलाई फाउण्डेशनको सुझाव

किरिया खर्च जुटाउन समस्या भइरहेका मगर परिवारलाई मुश्लिम युवाहरूको सहयोग

किरिया खर्च जुटाउन समस्या भइरहेका मगर परिवारलाई मुश्लिम युवाहरूको सहयोग

सप्तरी युथ नेपालद्वारा मगरको परिवारलाई सहयोग 

सप्तरी युथ नेपालद्वारा मगरको परिवारलाई सहयोग 

प्रेस स्वतन्त्रता सेनानी झालाई मातृशोक, महासंघद्वारा दुःख व्यक्त

प्रेस स्वतन्त्रता सेनानी झालाई मातृशोक, महासंघद्वारा दुःख व्यक्त

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.