ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शहीदको बलिदानीकै कारण मधेशीलाई बिहारी र धोती भन्न बन्द गरियो ः उपेन्द्र यादव


शहीदको बलिदानीकै कारण मधेशीलाई बिहारी र धोती भन्न बन्द गरियो ः उपेन्द्र यादव

Loading

मधेश सम्वाददाता
जनकपुरधाम, २५ भदौ ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले ऐतिहासिक मधेश जनविद्रोह लगायतका आन्दोलनमा बीर सपूतहरुको बलिदानीकै कारण मधेशी जनता देशको नागरिक बनेको बताएका छन् ।
मधेश आन्दोलनका क्रममा धनुषामा शहीद भएका दिलिप यादव, निकु यादव र संजय चौधरीको स्मरणमा शनिबार जनकपुरधामस्थित शहीद गेट अगाडि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले उक्त कुरा बताएका हुन् । ‘मधेशसहित बिभिन्न आन्दोलन अगाडि मधेशीलाई नेपाली नागरिक पनि मानिएको थिएन्’ अध्यक्ष यादवले भने, ‘बिहारी, धोती अरु के–के शब्दले सम्बोधित गर्ने गरिन्थ्यो’ अध्यक्ष यादवले भने, ‘बीर सपूतको बलिदानीकै कारण संघीय गणतन्त्र नेपाल बनेपछि अहिले त्यस्तो सम्बोधित गर्ने कार्य बन्द भएको छ ।’
शहीदको बलिदानीकै कारण एकात्मक र निरंकुश शाषण प्रणालीलाई फ्याँकेर संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उनले बताए ।
लोकतन्त्र र संघीयताबिरोधी शक्ति, विभेदकारी शाषकवर्ग आज पनि संघीय गणतन्त्रलाई समाप्त गर्ने खेलमा लागेको भन्दै अध्यक्ष यादवले यसको रक्षा गर्नु पहिलो दायित्व भएको बताए ।
समाजमा धेरै प्रकारको विभेद र असमानता बिद्यमान रहेको भन्दै उनले महिलाप्रतिको असमानता, विभेद र हिंसा अहिले पनि समाजमा जकडिएर बसेको बताए । यसबाहेक दलितहरुप्रतिको अमानवीय व्यबहार, मानवअधिकारको हनन, अवसर र सम्भावनाबाट बंचित गर्ने व्यबहार अहिले पनि समाजमा कायमै रहेको, अल्पसंख्यक समुदाय अधिकारबाट बंचित रहेको अध्यक्ष यादवले बताए । जाती र भाषा र संस्कृतिको आधारका साथै अरु धेरै आधारमा समाजमा विधेद र असमानता शोषण र उत्पीडतन कायम रहेको भन्दै उनले जबसम्म यस्ता विभेदलाई जडबाटै उखालेर नफयाँकेसम्म शहीदको सपना पूरा गर्न नसकिने उनले बताए ।
यस्तै, पिछडावर्ग महासंघ (ओबिसी) को राष्ट्रिय सम्मेलनलाई जनकपुरधाममा शनिबार सम्बोधन गर्दै अध्यक्ष यादवले सम्मानजनक सिटमा तालमेल भए मात्रै गठबन्धन पनि बलियो हुने बताएका छन् । प्रतिगमनबिरुद्धको लडाईमा आफ्नो पार्टीको ऐतिहासिक भूमिका रहेको भन्दै आगामी चुनावका लागि सम्मानजनक सिटमा तालमेल हुनुपर्ने उनले बताए ।
आफूहरु गठबन्धनबाटै चुनावमा जान खोजेको भन्दै अध्यक्ष यादवले गठबन्धनबाट कुनै आत्मघाती कदम उठाउन तयार समेत नरहेको बताए ।
मधेशको शक्तिको रुपमा रहेको जसपालाई कमजोर रुपमा नहेर्न उनले कांग्रेस कम्युनिष्टलाई चेतावनी नै दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

दक्षिण कोरियामा रहेका मधेशी युवालाई प्रदेशमै लगानी गर्न मुख्यमन्त्री राउतको आग्रह

Next Post

सप्तरी उद्योग बाणिज्य संघमा चार जना सदस्य मनोनित

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी उद्योग बाणिज्य संघमा चार जना सदस्य मनोनित

सप्तरी उद्योग बाणिज्य संघमा चार जना सदस्य मनोनित

कंकालिनी मन्दिर विकास समितिको चौथो साधारण सभा सम्पन्न

कंकालिनी मन्दिर विकास समितिको चौथो साधारण सभा सम्पन्न

युवाहरुको आन्दोलनमा कार्यबाहक मेयर मिसिए लगत्तै शुरु भयो सडक निर्माणको काम

युवाहरुको आन्दोलनमा कार्यबाहक मेयर मिसिए लगत्तै शुरु भयो सडक निर्माणको काम

सप्तरी माओवादीले टुँगो लगायो उम्मेदवारको नाम, इन्चार्जसहित दुई नेता प्रतिनिधी र प्रदेश सभामा पनि सिफारिस

अबको २ बर्षमा सबै भुमिहिनलाई जग्गा उपलब्ध हुन्छ : भूमीसुधार मन्त्री श्रेष्ठ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.