ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

न्याय पाउनेमा आशावादी छिन् घुरनीदेवी


न्याय पाउनेमा आशावादी छिन् घुरनीदेवी

Loading

मधेश सम्वाददाता
राजविराज, ३ असोज ।
आफ्ना पतिको हत्या गर्नेलाई कार्वाही हुने विश्वास सप्तरीकी एक महिलाले गरेकी छन् ।
शम्भुनाथ नगरपालिका ३ कचन्दाहा निवासी घुरनीदेवी रामले आफ्ना पति त्रिुवन रामको हत्या गर्नेलाई कार्वाही हुने र आफूले न्याय पाउने विश्वास गरेकी छन् ।
छोरीको सामुहिक बलात्कारपछि न्यायका लागि कानूनी बाटोमा लागेका पतिको पनि हत्या भएको उनको भनाई छ । सोमबार राजविराजमा पत्रकार सम्मेलन गर्दै उनले पति हत्या आरोपमा पक्राउ परेका चार जनालाई कार्वाही हुने विश्वास व्यक्त गरिन् ।
उनका अनुसार २०७५ सालमा छिमेकीहरु बबी चौधरी, मनोज साह, अर्जुन साह, एथलेटिक चौधरीसहित ५ जनाले आफ्नी १४ वर्षीया छोरीमाथि सामुहिक बलात्कार गरेका थिए । न्यायका लागि आफुहरु कानूनी बाटोमा लागेको अवस्थामा बलात्कारीहरुले ज्यानै मार्नेसम्मको धम्की दिन थालेपनि आफुहरु पछि नहटेको उनले बताइन् ।
बलात्कार घटनामा संलग्नका आफन्तहरुले दिएको धम्की नै अनुसार २०७७ असार २९ गते पति त्रिभुवन रामलाई वेपत्ता पारिएको र त्यसको भोली पल्ट मुतनी नदीमा पतिको शव फेला परेको उनले सुनाइन् । घट्ना भएको १६ दिनपछि प्रहरीले प्रभु साह, शम्भु चौधरी, पंकज चौधरी र सुरेन्द्र पाललाई पक्राउ गरेपछि अहिले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाइएको उनले बताइन् । ‘घटना गराउने ३ जना अझै फरार रहेको भन्दै उनले पुर्पक्षका लागि कारागारमा रहेकालाई धरौटीमा छाड्ने हल्ला आफूले सुनेको उनले बताइन् । ‘यदी उनीहरु छुट्यो भने हामीलाई पनि मारेर छाड्छ’ उृनले भनिन्, ‘हामी न्याय पाउँछौं भन्ने विश्वास छ ।’
यसअघि छोरीको बलात्कार घटनामा पक्राउ परेकामध्ये बबी चौैधरी बाहेक सबैलाई धरौटीमा छाडिसकेकाले यस पटक त्यस्तो नहुने उनको भनाई छ । ‘सामुहिक बलात्कार घटनाका दोषीहरु त्यसै बाहिर घुमिरहेको हेर्दा पतिको हत्या घटनामा पनि न्याय नपाउने हो कि ? भनेर चिन्ता थपिएको छ’ उनले भनिन्, ‘यदी यस्तो भयो भने हामी अझ असुरक्षित हुन्छौं ।’
न्याय दिलाइदिन उनले सबैसँग आग्रह गरेकी छन् ।
‘आफ्ना २१, १८ र ११ वर्षीया गरी ३ छोरी र एक ७ वर्षीय छोरा छन्, एउटी छोरीको विहे भइसकेको छ, अन्य सन्तान र आफुलाई कसरी सुरक्षित राख्ने ?’ उनले दुःखेसो पोखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

संविधान दिवसमा नेवि संघद्वारा मैनबत्ति प्रज्जवलन

Next Post

संविधानप्रति जसपा र लोसपाको बिरोध

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
संविधानप्रति जसपा र लोसपाको बिरोध

संविधानप्रति जसपा र लोसपाको बिरोध

सभासद् सदरुल हत्या प्रकरण : हत्या योजना बनाएको आरोपमा जन्मकैद पाएकी छोरी ९ बर्षमै रिहा

सभासद् सदरुल हत्या प्रकरण : हत्या योजना बनाएको आरोपमा जन्मकैद पाएकी छोरी ९ बर्षमै रिहा

कंचनरूपमा चल्याे नगरपालिकाकाे डाेजर, अतिक्रमित संरचना हटाइँदै

कंचनरूपमा चल्याे नगरपालिकाकाे डाेजर, अतिक्रमित संरचना हटाइँदै

पानीमा उतानो परेको अवस्थामा युवकको शव फेला

पानीमा उतानो परेको अवस्थामा युवकको शव फेला

बलान बिहुलका अध्यक्ष र उपाध्यक्षलाई ३ लाख ५० हजार जरिवाना 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.