ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

न्याय पाउनेमा आशावादी छिन् घुरनीदेवी


न्याय पाउनेमा आशावादी छिन् घुरनीदेवी

Loading

मधेश सम्वाददाता
राजविराज, ३ असोज ।
आफ्ना पतिको हत्या गर्नेलाई कार्वाही हुने विश्वास सप्तरीकी एक महिलाले गरेकी छन् ।
शम्भुनाथ नगरपालिका ३ कचन्दाहा निवासी घुरनीदेवी रामले आफ्ना पति त्रिुवन रामको हत्या गर्नेलाई कार्वाही हुने र आफूले न्याय पाउने विश्वास गरेकी छन् ।
छोरीको सामुहिक बलात्कारपछि न्यायका लागि कानूनी बाटोमा लागेका पतिको पनि हत्या भएको उनको भनाई छ । सोमबार राजविराजमा पत्रकार सम्मेलन गर्दै उनले पति हत्या आरोपमा पक्राउ परेका चार जनालाई कार्वाही हुने विश्वास व्यक्त गरिन् ।
उनका अनुसार २०७५ सालमा छिमेकीहरु बबी चौधरी, मनोज साह, अर्जुन साह, एथलेटिक चौधरीसहित ५ जनाले आफ्नी १४ वर्षीया छोरीमाथि सामुहिक बलात्कार गरेका थिए । न्यायका लागि आफुहरु कानूनी बाटोमा लागेको अवस्थामा बलात्कारीहरुले ज्यानै मार्नेसम्मको धम्की दिन थालेपनि आफुहरु पछि नहटेको उनले बताइन् ।
बलात्कार घटनामा संलग्नका आफन्तहरुले दिएको धम्की नै अनुसार २०७७ असार २९ गते पति त्रिभुवन रामलाई वेपत्ता पारिएको र त्यसको भोली पल्ट मुतनी नदीमा पतिको शव फेला परेको उनले सुनाइन् । घट्ना भएको १६ दिनपछि प्रहरीले प्रभु साह, शम्भु चौधरी, पंकज चौधरी र सुरेन्द्र पाललाई पक्राउ गरेपछि अहिले उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाइएको उनले बताइन् । ‘घटना गराउने ३ जना अझै फरार रहेको भन्दै उनले पुर्पक्षका लागि कारागारमा रहेकालाई धरौटीमा छाड्ने हल्ला आफूले सुनेको उनले बताइन् । ‘यदी उनीहरु छुट्यो भने हामीलाई पनि मारेर छाड्छ’ उृनले भनिन्, ‘हामी न्याय पाउँछौं भन्ने विश्वास छ ।’
यसअघि छोरीको बलात्कार घटनामा पक्राउ परेकामध्ये बबी चौैधरी बाहेक सबैलाई धरौटीमा छाडिसकेकाले यस पटक त्यस्तो नहुने उनको भनाई छ । ‘सामुहिक बलात्कार घटनाका दोषीहरु त्यसै बाहिर घुमिरहेको हेर्दा पतिको हत्या घटनामा पनि न्याय नपाउने हो कि ? भनेर चिन्ता थपिएको छ’ उनले भनिन्, ‘यदी यस्तो भयो भने हामी अझ असुरक्षित हुन्छौं ।’
न्याय दिलाइदिन उनले सबैसँग आग्रह गरेकी छन् ।
‘आफ्ना २१, १८ र ११ वर्षीया गरी ३ छोरी र एक ७ वर्षीय छोरा छन्, एउटी छोरीको विहे भइसकेको छ, अन्य सन्तान र आफुलाई कसरी सुरक्षित राख्ने ?’ उनले दुःखेसो पोखिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

संविधान दिवसमा नेवि संघद्वारा मैनबत्ति प्रज्जवलन

Next Post

संविधानप्रति जसपा र लोसपाको बिरोध

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
संविधानप्रति जसपा र लोसपाको बिरोध

संविधानप्रति जसपा र लोसपाको बिरोध

सभासद् सदरुल हत्या प्रकरण : हत्या योजना बनाएको आरोपमा जन्मकैद पाएकी छोरी ९ बर्षमै रिहा

सभासद् सदरुल हत्या प्रकरण : हत्या योजना बनाएको आरोपमा जन्मकैद पाएकी छोरी ९ बर्षमै रिहा

कंचनरूपमा चल्याे नगरपालिकाकाे डाेजर, अतिक्रमित संरचना हटाइँदै

कंचनरूपमा चल्याे नगरपालिकाकाे डाेजर, अतिक्रमित संरचना हटाइँदै

पानीमा उतानो परेको अवस्थामा युवकको शव फेला

पानीमा उतानो परेको अवस्थामा युवकको शव फेला

बलान बिहुलका अध्यक्ष र उपाध्यक्षलाई ३ लाख ५० हजार जरिवाना 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.