ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, May 5, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लक्ष्मी : जो डोम जातीका पुरुषसँग विवाह गरेर खुशी जीवन बाँचिरहेकी छन्


लक्ष्मी : जो डोम जातीका पुरुषसँग विवाह गरेर खुशी जीवन बाँचिरहेकी छन्

Loading

मधेश सम्वाददाता
राजविराज, १८ माघ ।
जातीय छुवाछुत निर्मुल पार्न देशमा ऐन, कानुन बनिसक्दा पनि यो नियन्त्रण हुन सकेको छैन् । उपल्लो जातले दलितसँग र दलितभित्रका सानो जातलाई दलितभित्रकै उपल्लो जातले अहिले पनि छुवाछुतको नजरबाट हेर्ने गर्छन् ।
जातीय छुवाछुत कायम रहेको अवस्थामा पनि उपल्लो जातका युवकले तल्लो जातका युवतीसँग भागेर भएपनि विवाह गरेका घट्ना बाहिर आउने गर्दछ । उपल्लो जातका युवकले तल्लो जातका युवतीसँग विवाह गरेको सुनिएपनि मधेशका जिल्लामा उपल्लो जातकी महिलाले तल्लो जातका पुरुषसँग विवाह गरेको दृष्टान्त न्यून नै छ ।
सप्तरीमा भने कसैले सोंच्न नसकेको एउटा विवाह भएको छ । मधेशमा सबैभन्दा तल्लो जातको रुपमा हेरिने डोम समुदायका पुरुषसँग उपल्लो जातकी महिलाले विवाह गरेको पाइएको छ । सुन्दा एकछिन विश्वास नलाग्ने घट्ना यथार्थ हो । र, डोम समुदायका पुरुषसँग विवाह गर्ने महिला खुशी–खुशी जीवन बाँचिरहेकी छन् ।
जिल्लाको सुरुङा नगरपालिका वडा नम्बर २, हर्दिया टोल निवासी रत्ना मरिक डोमसँग वैवाहिक बन्धनमा बाँधिएकी छन् लक्ष्मीकुमारी दास । सप्तरीकै डाक्नेश्वरी नगरपालिका–९, पत्थरगाडा माइती भएकी दास र मरिकबीच एक दशकअघि नै विवाह भएको हो । अहिले दुबैका चार जना छोरी छन् । जेठी छोरी ९ बर्षका, माइली ६ बर्षका छोरी रहेका रत्ना र लक्ष्मीलाई ३ बर्षअघि पनि जुम्ल्याहा छोरी नै जन्मिएको छ ।
विवाह गर्दाको शुरुवाती केहि बर्ष दुःख झेल्नुपरेका दुबै अहिले राम्रोसँग बसिरहेको बताउँछन् । लक्ष्मी अहिले ३९ बर्षको पुगेकी छन् भने रत्ना ४१ बर्षका भएका छन् ।
रक्सी बेच्दा र पिउँदाको प्रेम
सप्तरीको तत्कालिन पत्थरगाडा गाविस घर भएकी लक्ष्मी र हर्दिया गाविस घर भएका रत्नाको भेट्ने कुनै तात्पर्य नै हुँदैन्थ्यो । यो दुबै ठाउँ दूरीको हिसाबले पनि टाढा नै छ ।
लक्ष्मीका बुवा झण्डै दुई दशकअघि सिरहाको लहानस्थित खुटी खोला छेउमा रक्सी पसल थापेका थिए । डोम समुदायका रत्ना साथीसँग उनको पसलमा प्रायः रक्सी पिउन गइरहेका हुन्थे । लक्ष्मी पनि कहिलेकाहीं पसलमा आउँथिन् । घरबाट आवतजावत गरेपनि लक्ष्मी र रत्नाको देखादेख प्रायः हुन्थ्यो । ‘मलाई त शुरुमै लक्ष्मी राम्री लाग्न थालेकी थिइन्’ रत्ना सम्झन्छन्, ‘त्यस बेला त्यो कुरा सोंच्नु पनि पाप थियो । कारण, म जातको डोम, अनि लक्ष्मी उपल्लो जातकी ।’
भित्रभित्रै लक्ष्मीलाई मन पराउन थालेको रत्ना भने यो कुरा कसैसामु व्यक्त गर्न सक्तैन्थे । भन्छन्, ‘यो कुरा कसैले थाहा मात्र पाएको भए मलाई त्यस बेला मा¥थ्यो ।’
रत्ना मात्रै होइन लक्ष्मी पनि रत्नालाई भित्रभित्रै मन पराउन थालेकी थिइन् । तर, परिवारले कहिले नस्वीकार्ने भनेर उनी पनि चुप लागेरै बसिन् । भन्छिन्, ‘दुई चार दिनमै उहाँ राम्रो मान्छे हो भन्ने लागिसकेको थियो । तर, व्यक्त गर्ने ठाउँ पाइनँ । बुवाले थाहा पाएको भए खोलामै काटेर फालिदिने डर थियो ।’
डोम जातीको पानी समेत नखाने समाजले डोम पुरुषसँग माया, प्रेम अनि विवाहको कुरा सोंच्नु पनि विद्रोको कुरा थियो लक्ष्मीका निम्ति । उनी तत्काल यो बिद्रोको मनस्थितिमा पुगिनन् । दुबै जना मनमनै आपसी प्रेमको कुरा खेलाइरहन्थे ।
‘कहिलेकाहीं त रक्सी पिउन किन आएको भनेर रत्नालाई गाली पनि गरिहल्थें’ लक्ष्मी सम्झिन्छिन्, ‘तर, कुनै उत्तर आउँदैन्थ्यो ।’
त्यहीं जिस्काजिस्कीमा एकले अर्कालाई प्रेमको प्रष्टफुटित गरिएको बताउँछन् रत्ना र लक्ष्मी । दुबैलाई एकअर्काप्रति प्रेम भएको भाव बाहिरिएपछि एक भएरै छाड्ने उनीहरुले प्रण गरे । दुबै भागे । र, मन्दिरमा विवाह गरे ।
विवाहपछिको पीडा
डोम समुदायका पुरुष र उपल्लो जातकी महिलाले भागेर विवाह गरेको कुरा केहि दिनमै गाउँभरि फैलियो । रत्नालाई त उनकै परिवारले मार्नका लागि खोज्न थालेको बताउँछन् स्थानीय बालेश्वर चौधरी । ‘उनको परिवारले समातेर नबुझाए समग्र परिवारलाई नै ज्यानको जोखिम थियो’ चौधरी भन्छन्, ‘त्यस बेला रत्ना र लक्ष्मी लुकी–लुकी केहि बर्ष बिताएका थिए ।
पछि रत्नाको परिवारले वास्ता गर्न छोडेपछि दुबै खोला छेउमा टहरा बनाएर बसेका थिए ।
यता, लक्ष्मीको परिवारले धेरै दिनसम्म उनको खोजी ग¥यो । पछि उनीहरुले पनि वास्ता गर्न छाडेको लक्ष्मी बताउँछिन् । माहौल शान्त भएपछि दुबै जना मिलेर सरसफाईको काम थाले । अहिले गाउँमै सानो घर बनाएर उनीहरु जिविकोपार्जन गरिरहेका छन् ।
‘त्यस बेलाको पीडाबारे नसोध्नुस, धेरै याद पनि छैन’ आईतबार जिल्ला प्रशासन कार्यालय, राजविराजमा रत्नासँगै भेटिएकी लक्ष्मी भन्छिन्, ‘हाम्रो विवाह लेखिएको थियो, भयो । अब यसबारेमा केहि भन्दिनँ ।’
आफ्ना पिताका चार सन्तानमध्ये लक्ष्मी जेठी थिइन् । विवाह गरेपछि अहिलेसम्म माइततिरका कसैसँग पनि उनको सम्बन्ध छैन् ।
उनी नागरिकता बनाउन आफ्ना पति रत्नालाई लिएर जिल्ला प्रशासन कार्यालय आएकी थिइन् । भन्छिन्, ‘नगरपालिकामा सरसफाई गर्ने कामका लागि पनि नागरिकता माग्दा बनाउन आएकी हुँ ।’
दुबैले २०७० सालमै विवाह दर्ता गराइसकेका छन् । लक्ष्मीले थपिन्, ‘सानो जातका पुरुषसँग विवाह गर्दा सरकारले रकम दिने कुरा सुनेकी छु, तर पाउन सकेको छैन् । यसो दिलाइदिनुसन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीबाट फेला पर्यो चोरी भएको डिजेल लोड ट्यांकर, दुई जना पक्राउ

Next Post

चमार जातिबाट अशोक बने पहिलो उपसचिव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
चमार जातिबाट अशोक बने पहिलो उपसचिव

चमार जातिबाट अशोक बने पहिलो उपसचिव

ऋण तिर्न नसकी आत्महत्या गरेका मरिकको परिवारलाई पूर्व मन्त्री साहको सहयोग

ऋण तिर्न नसकी आत्महत्या गरेका मरिकको परिवारलाई पूर्व मन्त्री साहको सहयोग

राजविराज–४ को पुनः मतगणनाको मागबारे परेको मुद्दामा उम्मेदबारका प्रतिनिधीको विवरण झिकाउन आदेश

राजविराज–४ को पुनः मतगणनाको मागबारे परेको मुद्दामा उम्मेदबारका प्रतिनिधीको विवरण झिकाउन आदेश

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

हावाहुरीले सप्तरी एफएमको टावर क्षतिग्रस्त, प्रशारण अवरुद्ध 

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.