ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सम्पादकीय : सूचना दिन किन आलटाल ?


राजविराजले शहीद परिवारलाई मासिक रकम दिने

Loading

आरटिआई अर्थात् सूचनाको हक । सरकारी र गैर सरकारी निकायमा भइरहेको हरेक गतिविधीको सूचना जनताले पाउनुपर्दछ । तर पाउन सकिरहेका छैनन् । सरकारी निकायले गर्ने गतिविधी आफ्नै वेभसाइट मार्फत् सार्वजनिक गर्नुपर्नेमा त्यो पनि गरिरहेको छैन् । सरकारी कार्यालयमा गएर माग गर्दा पनि कर्मचारीले अटेरी गरिरहेका छन् । सूचना दिनुपर्ने संवैधानिक अधिकार भएपनि कर्मचारीले नदिनुको कारण उनीहरुले केहि गडबडी गरेको प्रष्ट हुन्छ ।

नेपालमा सूचनाको हक सम्बन्धी कानुन नै निर्माण भएको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ र नियमावली बनिसकेको छ । यो ऐन र नियमावली अनुसार हरेक जनताले हरेक कार्यालयको सूचना लिन पाउँछन् । देशको एकता, अखण्डतामा असर पर्ने, अनुसन्धानमा प्रभाव पर्नेबाहेकका हरेक सूचना कार्यालयले दिनुपर्छ । यो ऐन र नियमावली अनुसार हरेक कार्यालयले एक जना सूचना अधिकारी राख्नैपर्ने प्रावधान गरेको छ । अहिले पनि सप्तरीका धेरै कार्यालयमा सूचना अधिकारी नै तोकिएको छैन् ।

माग गरिएको सूचना नदिने कार्यालय प्रमुख र कर्मचारीलाई सूचना आयोगले जरिवाना गर्दै आएको छ । पछिल्लो पटक राजविराज नगरपालिकाका निमित्त प्रमुख निरंजन यादवले सूचना नदिएपछि आयोगले ७ दिनभित्र जवाफ पेश गर्न आदेश दिएको छ । यसअघि पनि सप्तरीकै कतिपय कर्मचारीलाई आयोगले सूचना नदिएपछि जरिवाना तिराइसकेको छ । आखिर सूचना दिनलाई कार्यालय प्रमुख र कर्मचारीलाई के को समस्या ? संविधानमा उल्लेख रहेको र ऐन, कानुन निर्माण भइसकेको अवस्थामा हरेक कार्यालयले सहज तरिकाले सूचना दिनुपर्ने हो, तर दिइरहेको छैन् । आगामी दिनमा सूचनालाई सहज बनाउन सम्बन्धित सरोकारबालाले गम्भीर भएर ध्यान दिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मलेसियामा भएको विवादलाई लिएर सप्तरीमा कुटाकुट, १० जना घाइते

Next Post

सिटिजन बैंकको स्थापना दिवसमा डस्टबिन बितरण र रक्तदान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सिटिजन बैंकको स्थापना दिवसमा डस्टबिन बितरण र रक्तदान

सिटिजन बैंकको स्थापना दिवसमा डस्टबिन बितरण र रक्तदान

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

३२ बर्षीया महिला र १३ बर्षीया बालिकाबीच कुटाकुट, दुबै घाइते

छोरी बिमाको लागि प्रचार प्रसार

हनुमाननगर कंकालिनीमा प्रथम टि–ट्वान्टी मेयर कप क्रिकेट प्रतियोगिता शुरु, उद्घाटनमा जनप्रतिनिधी विजयी

हनुमाननगर कंकालिनीमा प्रथम टि–ट्वान्टी मेयर कप क्रिकेट प्रतियोगिता शुरु, उद्घाटनमा जनप्रतिनिधी विजयी

छिन्नमस्तामा शुरु भयो पाठ्यपुस्तक बितरण

छिन्नमस्तामा शुरु भयो पाठ्यपुस्तक बितरण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.