ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा लागूऔषधको समस्या : पालिका प्रमुखको छैन कुनै चासो

सप्तरीमा लागूऔषधको समस्या : पालिका प्रमुखको छैन कुनै चासो

Loading

राजविराज । गम्भीर चिन्ताको बिषय बन्दै गएको छ लागूऔषधको समस्या । सप्तरीका हरेक ठाउँमा लागूऔषध प्रयोग गर्नेको संख्या बढ्दै गएको छ । यसलाई न्यूनिकरण गर्नेतर्फ निकाय र सरोकारबालालाई चासो राख्नुपर्ने हो । तर, सप्तरीका जनप्रतिनिधी यसतर्फ वेवास्ता देखाएका छन् ।
शुक्रबार राजविराजमा सुरक्षा निकाय प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा लागूऔषध नियन्त्रण सम्बन्धी कार्यक्रमको आयोजना गरियो । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको उक्त कार्यक्रमको मूल उद्देश्य थियो, ‘लागूऔषध न्यूनिकरणका लागि स्थानीय तहसँगको समन्वय र सहकार्यबारे छलफल गर्नु ।’
उक्त कार्यक्रममा सहभागिता जनाउन सप्तरीका सबै १८ वटै पालिकालाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेको थियो । तर, सहभागिता भने पाँच वटा पालिका प्रमुखले मात्रै जनाए । कार्यक्रममा सुरुङा नगरपालिकाका प्रमुख गीता चौधरी राजविराज नगरपालिकाका कार्यबाहक प्रमुख इसरत परबिन, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, अग्निसाइर कृष्णसवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी र बिष्णुपुर गाउँपालिकाका कार्यबाहक अध्यक्ष रेणुकुमारी यादव उपस्थित भइन् ।
‘लागूऔषध प्रयोगको स्थिति बढ्दै गएको छ । पालिकासँग समन्वय गरेर यसलाई न्यूनिकरण गर्न कार्यक्रमको आयोजना गर्दै पालिका प्रमुखहरुलाई सहभागी हुन पत्राचार गर्दै फोन समेत ग¥यौं’ प्रमुख जिल्ला अधिकारी किरण थापाले ग्रीन मधेशसँग भने, ‘तर पनि १३ पालिका प्रमुखले सहभागिता नै जनाउनु भएन् ।’
उनले आउँछु भन्नेहरु पनि नआएको गुनासो गरे । ‘चिठी पठाएर फोन गर्दा समेत आउनु भएन्’ उनले भने, ‘विकास निर्माण मात्रै दायित्व नभई अहिले युवा कुलतको बाटोमा लागिरहेकाले यो प्रमुख बिषय सबैको हुनुपर्छ ।’
हाम्रा सम्पत्ति नै युवा भएको र त्यसमा कुनै लगानी नगरी गरिने विकासले सार्थकता नपाउनेमा जोड् दिदैं कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापाले भने, ‘यस्तो गम्भीर बिषयमा पालिका प्रमुखज्यूहरु गम्भीर बन्न नसक्नु दुःखद हो ।’
प्रदेशका गृह, संचार तथा कानून मन्त्री समीम प्रमुख अतिथी रहेको कार्यक्रम शुरु हुने समय दिउँसो १ बजे निर्धारण गरिएको थियो । १ः३० बजेसम्म कोहि पनि पालिका प्रमुख नआउँदा प्रमुख जिल्ला अधिकारी थापाले कार्यक्रमस्थलबाटै उनीहरुलाई फोन पनि गरे । २ः३० सम्म ५ जना पालिका प्रमुख उपस्थित भएपनि अन्य आएनन् ।
कार्यक्रममा बोल्दै छिन्नमस्ता गाउँपालिका प्रमुख चौधरीले यस किसिमको गम्भीर बिषयमा पालिका प्रमुखहरुले चासो नदिनु दुःखद भएको बताए । ‘यो बिषयमा सबैलाई गम्भीर बन्नैपर्छ’ उनले भने, ‘अन्यथा समाज नै बर्बाद हुन्छ ।’
कार्यक्रममा प्रमुख अतिथी मन्त्री समीमले लागूऔषधको समस्या डढेलो झैं फैलिरहेकाले सबै मिलेर रोक्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

Next Post

नेपाल औषधि व्यवसायी संघ, सप्तरीको नयाँ समिति गठन 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नेपाल औषधि व्यवसायी संघ, सप्तरीको नयाँ समिति गठन 

नेपाल औषधि व्यवसायी संघ, सप्तरीको नयाँ समिति गठन 

रू १२ लाख मूल्य बराबरको काठसहित पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

रू १२ लाख मूल्य बराबरको काठसहित पिकअप गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा

कंचनरूपमा न्यानो कपडा संकलन तथा बितरण गर्ने कार्यक्रम शुरू

कंचनरूपमा न्यानो कपडा संकलन तथा बितरण गर्ने कार्यक्रम शुरू

कोशी नहरको गेटमा फेला प¥यो लास

एकै दिन केहि घण्टाकै फरकमा पति–पत्नीको मृत्यु

कर्मचारी नबस्नेबारे चासो नलिँदा राजविराजका वडा सदस्यले शुरु गरे धर्ना

कर्मचारी नबस्नेबारे चासो नलिँदा राजविराजका वडा सदस्यले शुरु गरे धर्ना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.