ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजमा बितरित खानेपानीको चोरी, अनुगमन गरिने

राजविराजमा बितरित खानेपानीको चोरी, अनुगमन गरिने

Loading

राजविराज । राजविराज नगरपालिकामा बितरित खानेपानीको समेत चोरी भइरहेको पाइएको छ ।

खानेपानी संस्थान, राजविराजले जिल्ला प्रशासन कार्यालयमा आईतबार आयोजना गरेको सरोकारबालासँगको बैठकमा यस्तो जानकारी गराइएको छ । बैठकले बितरण गरिएको धारामा चुहाबट र चोरी भइरहेकाले यसको अनुगमन गर्ने निर्णय गरेको छ । अनुगमन कार्यमा सबैको सहयोग रहने अपेक्षा गर्दै बैठकले अनुगमन अगाडि संचार माध्यममा संस्थानको नियमबारे सेवाग्राहीलाई जानकारी गराउने निर्णय गरेको छ ।

संस्थाको बाँकी बक्यौता असुल उपर गर्न राजविराज नगरपालिका लगायतको निकायले सेवाग्राहीहरुको कुनै पनि सिफारिस दिनु अगाडि खानेपानी भुक्तानी बिलको छायाप्रति माग गरेमा सेवाग्राहीहरुबाट स्वतस्फूर्त बाँकी बक्यौता असुल हुने सहज हुने देखिएकाले सो कार्यलाई प्राथमिकतामा राख्न अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

राजविराज नगरपालिकाभित्र बितरण गरिएको खानेपानी प्रणाली धेरै पुरानो भई जिर्ण अवस्थामा रहेको हुँदा उक्त पाइप लाइनलाई नगरपालिका, भौतिक पूर्वाधार विकास कार्यालयसँग समन्वय गरी व्यवस्थित गर्ने निर्णय गरेको संस्थान प्रमुख राजाराम यादवले जानकारी दिए ।

उनका अनुसार राजविराज नपाभित्र नयाँ पाइपलाइन विस्तार गर्दा नगरपालिकासँग समन्वय गर्ने र अरु निकायहरुले सडक निर्माण कार्य गर्दा नेपाल खानेपानी संस्थानसँग समेत समन्वय गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले नेपाल सरकारको नीति अनुसार ‘एक घर, एक धारा’ अनुसार यस नगरपालिकामा स्यालो ट्युवेलको पानी पिउने योग्य नरहेको र खानेपानी संस्थानसँग पानी उत्पादनको समस्या नभएकाले सबै सरोकारबालाले ठोस नीति बनाई धारा बितरण कार्यलाई प्राथमिकतामा राखी काम गर्ने निर्णय पनि गरेको छ ।

यस्तै, पुरानो पाइपलाइन धेरैजसो कालोपत्रे, आरसीसी ढलानमा भएको हुँदा मर्मत कार्य गर्दा कामदारबाट सम्भव नभएको स्थानमा आवश्यक्ता अनुसार हेभी इक्वेपमेन्टको प्रयोग गर्नुपर्ने भएकोले यसमा राजविराज नपाले सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकमा राजविराज नगरपालिकाका कावा प्रमुख इसरत परबिन, प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्राती, जिल्ला प्रहरी प्रमुख बिभिन्न वडाका अध्यक्षसहित सरोकारबालाको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

४० युवकको रकम ठगी गर्ने जयराम पक्राउ

Next Post

सप्तरीका तीन पालिकामा नयाँ हाकिम

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
तिलाठी कोइलाडी र बिष्णुपुरमा नयाँ हाकिम आउने

सप्तरीका तीन पालिकामा नयाँ हाकिम

समानुपातिक प्रणाली हटाइए सह्य हुँदैन : केन्द्रीय सदस्य विक्की

समानुपातिक प्रणाली हटाइए सह्य हुँदैन : केन्द्रीय सदस्य विक्की

विंगरको ठक्करले हजूरआमा–नाति गम्भीर घाइते, भारदहमा चक्काजाम

विंगरको ठक्करले हजूरआमा–नाति गम्भीर घाइते, भारदहमा चक्काजाम

ठक्करले घाइते १५ महिने बालकको मृत्यु, चक्काजाम खुल्यो 

ठक्करले घाइते १५ महिने बालकको मृत्यु, चक्काजाम खुल्यो 

विधान विपरीत अघि नबढ्न पत्रकार महासंघका ५३ जिल्ला अध्यक्षद्वारा केन्द्रीय नेतृत्वलाई खबरदारी 

विधान विपरीत अघि नबढ्न पत्रकार महासंघका ५३ जिल्ला अध्यक्षद्वारा केन्द्रीय नेतृत्वलाई खबरदारी 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.