ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सहनाई बजाउँदै मनाउने त्यो दीपावली र अहिलेको दीपावली


श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

Loading

राजविराज । दशैंको टीका सकिएको तीन हप्तापछि तिहार हामीमाझ आउन लागेको छ । पहिला दशैंको टीकाबारे चर्चा गरौं । संस्कृतिविदहरुका अनुसार टिकामा रहेका सिन्दुर आर्य संस्कृतिको प्रतिक हो भने अक्षता –चामल) मंगोल संस्कृतिको द्योतक हो । टीका आर्य र मंगोल संस्कृति र प्रजातिहरुको समन्वयलाई दर्शाउँदछ । हाम्रो देशको खासगरी पर्वतीय भेगलाई उक्त दुबै संस्कारहरुको एकबद्धताको उदाहरण भन्न सकिन्छ । यस भेगमा खरो मगराती प्रजातिहरु र साथै दुबैको –मंगोल तथा आर्य) सम्मिश्रण खस प्रजातीहरु धेरै बसोबास गर्छन् । मानवशास्त्रीहरुका अनुसार नेपाल भूमीलाई आर्य र मगरको मिलनस्थल हो ।
यो दशैंको २० दिनपछिको चाड दीपावली÷तिहार आएको छ । दीपावली अर्थात दियो बाल्ने पर्व । घर आँगनमा दियो बाल्दै हामी धनको देवी महालक्ष्मीलाई स्वागत गर्दछौं ।
लक्ष्मी जगतका पालनहार भगवान बिष्णुको अर्धाङिनीको हिन्दू धर्मशास्त्रमा उल्लेख छ । धनबिना प्रभूले पनि जगत पालन गर्न सक्दैनन् भने गृहस्थले कसरी परिवार चलाउन सक्छन् । धर्मलाई बिष बुझ्ने बामपन्थीहरुको मसिहा कार्ल माक्र्सले पनि मुद्रा सर्वाेपरी हो भनेका छन् । उनले भनेका छन्, ‘ःबततभच क्ष्क त्जभ क्गउचझभ च्भबष्तिथ’ अर्थात् धन पहिलो आवश्यक्ता हो ।
धन बिना कुनै कुरा सम्भव छैन् । त्यसैले हामी हिन्दु मूर्तीपूजकहरु माता लक्ष्मीको मूर्ती स्थापित गरी दीपावली गरी यो चाड मनाउँदछौं । लक्ष्मी देव र दैत्यहरुको नागपासबाट गरिएको समुन्द्र मन्थन मार्फत् प्रकट भएकी थिइन् । लक्ष्मी देवराज इन्द्रको अंशमा परिन् । देवराजले लक्ष्मीलाई भगवान बिष्णुलाई अपैण गरे । धन रत्नकी देवी संसार÷सृष्टि पालनका लागि नभइकन नहुने थिइन् ।
दीपावली मर्यादा पुरुषेत्तम श्रीरामका कथासित पनि जोडिएको छ । १४ बर्षको वनबासपछि सीता माता, लखनजी, हनुमानजी र बाँधदर–भालुको सेना इष्टमित्रसहित भगवान श्रीराम आफ्नो राज्य अयोध्या फर्केपछि अवधबासीहरु साँझपख दीप प्रज्जवलन गरी हर्ष मनाएका थिए । आज पनि दीपावली त्यसै दिनको सम्झना गरी मनाइन्छ ।
हामी सम्पत्तिवान धनी व्यक्तिहरुलाई लक्ष्मीपात्र भन्दछौं । लक्ष्मी÷धन सबैखाले प्रगति र विकासको मुहान हो । त्यसैले हामी धनलाई प्राथमिकता दिएका हुन्छौं । धनपछि स्वास्थ्य र अरु कुराहरु आफैं प्राप्त हुने कुराहरु छन् ।
स्वास्थ्य ः बर्षा याममा जलजमावले गर्दा पर्यावरण प्रदूषित हुन्छ अनि सुक्ष्म जीवाणुहरु वायु अर्थात् हावामा व्याप्त हुन्छ । हामी दियो प्रज्जवलित गरेर जीवाणु÷किटानुहरुको स्वाहा गर्दछौं । हवन–पूजाहरु गरेर वातावरण शुद्धी गरिन्छ । जीवन स्वास्थ्यप्रद बनाइन्छ ।
दीपावलीको बिहान सुक्राती गरिन्छ । गाउँमा दीपावलीका राति हुक्काहुक्की गरिन्छ । आगोको लुका बनाएर घुमाइन्छ । हुक्का हुक्कीको बिहान मनाइने सुक्राती दिन सुँगुरलाई घिसार्दै गोरुहरुलाई त्यसको पछाडि दौडाएर मर्न लगाइन्छ । यो परापूर्वकालदेखि नै चल्दै आएको चलन हो । सुँगुरलाई अपवित्र बुझ्नेहरुबाट गोरुधन जोगाउने प्रयास हो ।
दीपावलीका केहि विकृतिहरु ः
१. गुण र दोष एउटै सिक्काका दुई वटा पाटाहरु छन् । पहिला दीपावली परम्परागत तबरले ठूला सहनाई बजाउँदै मनाइन्थ्यो । अब त्यो परम्परा हराउँदै गएको छ । त्यो आजावको कम्पनले सर्प, विच्छुजस्ता बिषाालु जन्तुहरु मानवबास त्यागी आ–आफ्ना दूलोमा गई पस्थे । जंगली आदमखोर जनावर पनि घोर जंगलतिर लाग्दथे । अहिलेको दीपावलीमा ठूलो आवाजको पटकाहरु पड्काइन्छ । यसले खतरासहित ध्वनी प्रदूषण सृजना गर्दछ । बिजुलीबाट बिभिन्न किसिमको चिम बालिन्छ । यसबाट संक्रमण गर्ने किटानुहरुको नाश हुँदैन् । यस किसिमका प्रकाशले संक्रमण गर्ने किटानुलाई नजिक तान्दछ ।
अर्काे कुरा दीपावलीमा चर्काे ध्वनी आउने गरी लाउडस्पिकर बजाउने गरिन्छ । यसले व्यक्तिको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको हुन्छ ।
२. दीपावलीमा जुवा (द्युत क्रिडा) खेल्ने ठूलो दोष हो । हाम्रो हिन्दू धर्म कथा महाभारतमा पाण्डवहरुले पाञ्चाली द्रोपतिसित आफ्ना समस्त हारेको उदाहरणलाई लिन सकिन्छ । जुवाबाट सकुनीजस्तो कुटिल पासावाजले प्रशय पाउँदछन् ।
राज्यको अंग प्रहरी–प्रशासनको संरक्षणमा त्यहाँ द्युत क्रिडा हुँदै गरेको छ । यसलाई सरकारले नियन्त्रण गर्नु जरुरी छ । कारण, दीपावलीमा जुवाकै कारण धेरैको दिवाला हुदे गर्दछ ।
उपरोक्त महा चाडपछि आउँछ छठ पर्व । जसको आफ्नै प्राकृतिक र पर्यावरणीय स्वास्थ्यप्रद महत्व छ ।
हाल महालक्ष्मीसहित बिष्णुको अर्चना गरौं । हे लक्ष्मीपतिे, जगतपते, चराचरपते, पाहिमाम्–३ । लक्ष्मी चंचल हुन्छिन् ।
एक कवी भन्छन्, ‘पुरुष पुरातनकी बधु क्यो न चंचला होय ।
दीपावलीमा सर्वे भवन्तु सुखीनः, सर्वेसन्तु निरामया । (जय नेपाल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

हनुमाननगरका शिक्षकको धर्ना जारी

Next Post

सप्तरीमा राति ९ बजेसम्म मात्रै देउसी र भैलो खेल्न पाइने, जुवातास खेले कार्वाही

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

सप्तरीमा राति ९ बजेसम्म मात्रै देउसी र भैलो खेल्न पाइने, जुवातास खेले कार्वाही

हङकङ सुपर सिक्सेस : विश्व विजेता इंग्लायण्डविरुद्ध नेपालको सनसनीपूर्ण जीत

हङकङ सुपर सिक्सेस : विश्व विजेता इंग्लायण्डविरुद्ध नेपालको सनसनीपूर्ण जीत

राजगढमा वृद्ध मृत भेटिए

राजगढमा वृद्ध मृत भेटिए

खेलकुदको विकासका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्छ : सांसद यादव

खेलकुदको विकासका लागि तीनै तहको सरकारले ध्यान दिनुपर्छ : सांसद यादव

वडा अध्यक्षका प्रत्यासी जसपामा प्रवेश

वडा अध्यक्षका प्रत्यासी जसपामा प्रवेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.