![]()
राजविराज । आफ्ना अध्यक्षलाई फसाउँन षडयन्त्र गरेको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता-कार्यकर्ताले सोमबार साँझ राजविराजमा प्रदर्शन गरेका छन् ।
रौतहट सदरमुकाम गौरमा १९ बर्षअघि भएको हत्याकाण्डको छानबिन गर्न सर्वाेच्च अदालतले परमादेश दिएपछि जसपा कार्यकर्ताले स्थानीय गजेन्द्र चोकमा टायर बालेर प्रदर्शन गरेका हुन् । त्यस क्रममा उनीहरुले ‘उपेन्द्र यादवबिरुद्धको षडयन्त्र बन्द गर, षडयन्त्रकारी होसियार’ जस्ता नारा लगाए ।
जसपा नेपाल, सप्तरीका अध्यक्ष केदार यादवले मधेशलाई मरुभूमी बनाउन भूमी अध्यादेश पारित नगर्दा आफ्ना अध्यक्ष उपेन्द्र यादवबिरुद्ध षडयन्त्र गरिएको दावी गरे । तत्काल सांकेतिक बिरोध कार्यक्रमको आयोजना गरिएको र थप संघर्षका कार्यक्रम गर्ने उनले बताए ।
सोमबार सर्वाेच्चले गौर हत्याकाण्डको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न सोमबार परमादेश दिएको छ ।











