![]()
राजविराज । नेपाली कांग्रेस सप्तरीले आगामी निर्वाचनका लागि चारै क्षेत्रमा उम्मेदबार सिफारिस गरेको छ ।
प्रतिनिधी सभा र राष्ट्रिय सभाका लागि प्रत्यक्षतर्फ उम्मेदबार छनौट गरेको सप्तरी कांग्रेसले प्रतिनिधी सभाको समानुपातिकतर्फ पनि उम्मेदबार सिफारिस गरेको छ ।
प्रतिनिधी सभाका लागि क्षेत्र नम्बर १ बाट पार्टी जिल्ला सभापति रामदेव साहसहित दीपक गुप्ता, दुर्गा भट्टराई, लक्ष्मी देवी यादव र शत्रुद्यन यादवको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
क्षेत्र नम्बर २ बाट पार्टी उपसभापति रामकुमार यादवसहित ध्रुब देव, डा. अनिल झा, शैलेन्द्र कुमार मण्डल, प्रवीण कुमार सिंह र अमवुज कुमार सिंहको नाम कांग्रेसले सिफारिस गरेको छ ।
क्षेत्र नम्बर ३ बाट निबर्तमान सांसद दिनेश कुमार यादवसहित शिबनारायण चौधरी, श्रीप्रसाद राउत र नवोदित चौधरीको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्बर ४ बाट निबर्तमान सांसद तेजुलाल चौधरीसहित किरण भगत, अशोक कुमार साह र सुरेन्द्र प्रसाद यादवको नाम सिफारिस गरिएको पार्टीका जिल्ला सचिव सनत मण्डलले जानकारी दिए ।
समानुपातिकमा को–को ?
कांग्रेस, सप्तरीले समानुपातिक उम्मेदबारको नाम पनि सिफारिस गरेको छ ।
क्षेत्र नम्बर १ मा महिलातर्फ मुनी कुमारी गुप्ता, शकान्तिदेवी क्षेत्री, निर्मला कुमारी चौधरी, राजश्री यादव, सुधा कुमारी चौधरी, रेणु गुप्ता, सरस्वती गुप्ता, मंजु देवी गोइत, दयावतीदेवी, बिमला पोखरेल, निशु काफ्ले, सन्तोषी कुमारी साह, समुन कुमारी रजक र दुर्गा पोखरेलको नाम समानुपातिकमा सिफारिस गरिएको सचिव मण्डलले जानकारी दिए ।
पुरुषतर्फ १८ जनाको नाम क्षेत्र नम्म्बर १ बाट सिफारिस गरिएको छ । जसमा आशाराम चौधरी, भुवनेश्वर साफी, बुदुर राम, रोजित शेख, महेन्द्र प्रसाद यादव, घनानन्द यादव, उमेश बस्नेत, नन्द कुमार लगरबार, देवलाल मण्डल, उचित नारायण चौधरी, महानन्द झा, बलराम खंग, सुरेन्द्र यादव, जुगेश्वर यादव, उमेश साह, पुष्कर दास, मंगल परियार र रमेश कुमार कार्कीको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर २ मा महिलातर्फ मालती चौधरी, नितु झा, मोहनी साफी, आकृति राम, गायत्री देवी, सरोबर देवी नायक र सविता कोइराला समानुपातिकका लागि सिफारिस भएका छन् ।
पुरुषतर्फ सुशिल सेवा, रामकुमार साह, रामेश्वर यादव, बिन्देश्वर साह, अनिल देव, धर्मनारायण साह, योगेन्द्र देव, तिर्थनारायण दास, दिलिप कुमार झा, प्रदीप कुमार झा, भगवानलाल दास, कृष्णदेव यादव र डा. सत्यनारायण चौधरीको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ३ बाट ४ जना पुरुष र ६ जना महिलाको नाम समानुपातिकामा सिफारिस भएको छ । महिलातर्फ बिन्दु कुमारी यादव, गीता कुमारी यादव, कवीता कुमारी यादव, सुनिता देवी चौधरी, नितु साह र सबनम खातुनको नाम सिफारिस गरिएको छ ।
पुरुषतर्फ सबुर लाल साह, रामसुन्दर मण्डल, रंजित कुमार साह र नजमुल मियाँको नाम सिफारिस भएको छ ।
क्षेत्र नम्बर ४ मा ७ जना पुरुष र ५ जना महिलाको नाम सिफारिस गरिएको छ ।
महिलातर्फ नमिता कुमारी चौधरी, निर्मला यादव, चन्दन झा, गीता कुमारी चौधरी र शान्ति देवी मण्डलको नाम सिफारिस गरिएको छ ।
पुरुषतर्फ फतेह महम्द मियाँ, रामाकान्त यादव, सूर्यनारायण चौधरी, रामलखन साह, राजेन्द्र साफी, रामसरन साह र हिरालाल यादवको नाम सिफारिस गरिएको छ ।
राष्ट्रिय सभाका लागि को–को ?
सप्तरी कांग्रेसले राष्ट्रिय सभाका लागि पनि उम्मेदबार सिफारिस गरेको छ ।
क्षेत्र नम्बर १ बाट नागेन्द्र झा, बिरबल बिराजी, देवनारायण मण्डल र पञ्चदेव चौधरी सिफारिस हुँदा क्षेत्र नम्बर २ बाट सकलदेव सुतिहार, रंजित कर्ण, नरेन्द्र कुमार सिंह, डा. सुरेशचन्द्र चालिसे र रामनारायण देव सिफारिस भएका छन् ।
क्षेत्र नम्बर ३ बाट भागवत यादव सिफारिस हुँदा दिनेश कुमार यादव, अम्बिका न्यौपाने र सुन्दरबल चौधरी राष्ट्रिय सभाको उम्मेदबारका लागि सिफारिस भएका छन् ।
प्रदेश क्षेत्रिय समितिले प्रतिनिधी सभा क्षेत्रलाई र प्रतिनिधी सभा क्षेत्रले जिल्ला समितिलाई गरिएको सिफारिसको आधारमा यी उम्मेदबार मधेश प्रदेश कार्यसमितिलाई सिफारिस गरिएको जिल्ला सचिव सनत मण्डलले जानकारी दिए ।












