ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

तिलाठी कोइलाडी गाउँपालिका वडा नं १र२ बाल विवाह मुक्त घोषणा

तिलाठी कोइलाडी गाउँपालिका वडा नं १र२ बाल विवाह मुक्त घोषणा

Loading

बालबालिकाको अधिकार संरक्षण र सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदम चाल्दै तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ र वडा नम्बर २ लाई औपचारिक रूपमा बाल विवाह मुक्त वडा घोषणा आईतवरा गरेका छन् । तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, महिला समूह, बाल क्लब तथा विभिन्न सरोकारवालाको सहभागितामा सामूहिक प्रतिबद्धतासहित घोषणा गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बाल विवाह सामाजिक अपराध भएको उल्लेख गर्दै यसको अन्त्यका लागि केवल कानुन मात्र नभई समुदायको चेतना र सक्रियता आवश्यक हुने बताएका छन् । बाल विवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यमा गम्भीर असर पार्ने उल्लेख गर्दै यसको अन्त्यका लागि समुदायको भूमिका निर्णायक हुने बताएका छन् । उनले बाल विवाह हुन नदिन वडा स्तरबाट निरन्तर अनुगमन, जनचेतना अभिवृद्धि र सम्बन्धित निकायसँग सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा बाल विवाह सम्बन्धी कानुनी प्रावधान, यसका दीर्घकालीन असर तथा रोकथामका उपायबारे जानकारी वक्तहरुले दिएका छन् । साथै बाल क्लब तथा विद्यार्थीहरूले चेतनामूलक प्रस्तुति प्रस्तुत गरेका थिए । सहभागीहरूले बाल विवाह नगर्ने र देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउने सामूहिक प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रमका क्रममा बाल विवाह सम्बन्धी कानुनी प्रावधान, यसको सामाजिक असर तथा रोकथामका उपायबारे जानकारीमूलक मन्तव्य प्रस्तुत गरिएको थियो भने बाल क्लब तथा विद्यालयका विद्यार्थीहरूले चेतनामूलक प्रस्तुति समेत दिएका थिए ।

तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष दिनेश्वर मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा तिलाठी कोईलाडी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सरोज कुमार कर्ण, वडा नम्बर २ का वडा अध्यक्ष कमल कुमार मण्डल, बाल कल्याण अधिकारी शैलेन्द्र कुमार सिंह लगायत स्थानीय तहका प्रतिनिधि, विद्यालयका शिक्षक–विद्यार्थी, महिला समूह, अभिभावक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले मन्त्वय दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नेपाल जनता पार्टीको सप्तरी जिल्ला समिति विस्तार

Next Post

अत्यधिक जाडो बढेपछि बाेदे बर्साइन नगरपालिकाको विद्यालयमा विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बोदे बर्साइन नपा : जहाँका जनप्रतिनिधीले खान्छन् ८ हजारभन्दा बढीको खाजा र खाना

अत्यधिक जाडो बढेपछि बाेदे बर्साइन नगरपालिकाको विद्यालयमा विदा

राजेन्द्र महतोको नाम सप्तरी–२ बाट सिफारिस

राजेन्द्र महतोको नाम सप्तरी–२ बाट सिफारिस

सप्तरीमा बाढी पूर्व सूचना प्रणाली जडान गर्दा जनधनको क्षतिमा उल्लेख्नीय कमी

सप्तरीमा बाढी पूर्व सूचना प्रणाली जडान गर्दा जनधनको क्षतिमा उल्लेख्नीय कमी

रोहिंग्या भेटिएको हल्ला : प्रहरी अनुसन्धानमा देखियो इँटा उद्योगमा काम गर्ने भारतीय मजदूर

रोहिंग्या भेटिएको हल्ला : प्रहरी अनुसन्धानमा देखियो इँटा उद्योगमा काम गर्ने भारतीय मजदूर

प्रहरी तालिम केन्द्र राजविराजबाट २१३ प्रहरी दिक्षित 

प्रहरी तालिम केन्द्र राजविराजबाट २१३ प्रहरी दिक्षित 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.