ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा बाढी पूर्व सूचना प्रणाली जडान गर्दा जनधनको क्षतिमा उल्लेख्नीय कमी

सप्तरीमा बाढी पूर्व सूचना प्रणाली जडान गर्दा जनधनको क्षतिमा उल्लेख्नीय कमी

Loading

राजविराज । सप्तरीमा बाढी पूर्व सूचना प्रणाली जडान गर्दा जनधनको क्षतिमा उल्लेख्नीय कमी आएको राजविराजमा आयोजित एक कार्यक्रममा जानकारी गराइएको छ ।

दुई दशकदेखि सामाजिक क्षेत्रमा कृयाशिल सबल नेपालले बुधबार आयोजना गरेको सामाजिक लेखा परीक्षणमा यो जानकारी दिइएको हो ।

कार्यक्रममा सबल नेपालका कार्यकारी निर्देशक दिपक झाले सप्तरीको पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपनी गाउँपालिकास्थित खाँडो खोलामा बाढी पूर्व सूचना प्रणाली जडान गरिएको जानकारी दिए ।

इसिमोडसँगको सहकार्यमा प्रणाली जडान गरिएपछि लक्षित क्षेत्रमा सम्भावित बाढीबाट हुने जनधनको क्षतिमा कमी आएको उनले बताए ।

यस प्रणालीबाट भारतको बिहार राज्य अन्तर्गत सितामढी, सुपौल र मधुवनी जिल्लाका बाढी प्रभावित क्षेत्रमा समेत पूर्व सूचना प्रवाह भई जनधनको क्षति न्यूनिकरण गरेको उनको भनाई छ ।

कार्यक्रममा झाले हाल संस्थामा बीएमजेड र भिभाकोनको सहयोग तथा वेल्थभरहन्गर हिल्फेसँगको साझेदारीमा सिरहा जिल्लाको सिरहा, कर्जन्हा, गोलबजार , कल्याणपुर नगरपालिका तथा बिष्णुपुर गाउँपालिकामा स्वास्थ्य, सरसफाई र सुरक्षित खानेपानीमा सहज पहुँच सुनिश्चित सम्बन्धी कार्यक्रम संचालनमा रहेको बताए ।

सोही परियोजना अन्तर्गत कर्जन्हा नगरपालिका १ बाल्टियाका ६१९ घरधुरी र गोलबजार नपा १ र ४ का घरधुरीका लागि ओभरहेड टयांक निर्माण गरी ६७९ घरधुरीमा सुरक्षित खानेपानी पहुँच वृद्धि गरी नगरपालिकाकालाई हस्तान्तरण गरिएको जानकारी दिइयो ।

यस्तै, सेभ द सप्तरीसँगको साझेदारीमा संस्थागत विकास, रणनीतिक साझेदारी तथा क्षमता अभिवृद्धि केन्द्रीत परियोजना निरन्तर संचालनमा रहेको, सेभ द चिल्ड्रेनकै साझेदारीमा सन् २०१४ देखि सप्तरीको सुरुङा र खडक नगरपालिकामा समुन्नती कार्यक्रम संचालन हुँदै आएको जानकारी दिइयो ।

सबल नेपालका आयुष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साहले सामाजिक लेखा परीक्षण गर्नु सबै संस्थाको दायित्व भएको बताए ।

कार्यक्रममा सिरहाको गोलबजार नगरपालिकाका उप प्रमुख मान्ती साह, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहितकाले मन्तव्य व्यक्त गर्दै सबल नेपालले गरेको गतिविधीको प्रशंसा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजेन्द्र महतोको नाम सप्तरी–२ बाट सिफारिस

Next Post

रोहिंग्या भेटिएको हल्ला : प्रहरी अनुसन्धानमा देखियो इँटा उद्योगमा काम गर्ने भारतीय मजदूर

प्रहरी तालिम केन्द्र राजविराजबाट २१३ प्रहरी दिक्षित 

प्रहरी तालिम केन्द्र राजविराजबाट २१३ प्रहरी दिक्षित 

सप्तरीमा विगत तीन दिनदेखि शुरु भएको आन्दोलन टुंगियो

सप्तरीमा विगत तीन दिनदेखि शुरु भएको आन्दोलन टुंगियो

समाचार विश्लेषण : सप्तरीमा किन बढ्दैछ अराजकता ?

समाचार विश्लेषण : सप्तरीमा किन बढ्दैछ अराजकता ?

सिके राउत, राजेन्द्र महतोपछि उपेन्द्र यादव पनि सप्तरी–२ बाट उम्मेदबार सिफारिस

सिके राउत, राजेन्द्र महतोपछि उपेन्द्र यादव पनि सप्तरी–२ बाट उम्मेदबार सिफारिस

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.