ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

समाचार विश्लेषण : सप्तरीमा किन बढ्दैछ अराजकता ?


समाचार विश्लेषण : सप्तरीमा किन बढ्दैछ अराजकता ?

Loading

एस.के. शान
राजविराज ।
घट्ना १
राजविराज–१ निवासी अफरोज आलमले हिन्दु धर्मका भगवान श्रीकृष्णबिरुद्ध गरेको घृणित टिप्पणीका कारण हिन्दु धर्मसँग सम्बन्धित युवाहरुले राजविराजसहित जिल्लाको बिभिन्न ठाउँमा आन्दोलन गरे । शुक्रबार राजविराज बजार बन्द गराइयो भने रुपनी, पत्थरगाडा, हनुमाननगरसहितका ठाउँमा पनि प्रदर्शन भयो ।
शुक्रबार यहीं बिषयलाई लिएर जिल्ला प्रशासन कार्यालयमा दिनभर छलफल भयो । दुबै पक्षका व्यक्तिसहित सुरक्षा अधिकारीको उपस्थितिमा भएको छलफलले एउटा निष्कर्ष निकाल्यो सहमति गर्नका निम्ति । अफरोज आलमले माफी माग्ने र त्यसपछि आन्दोलन स्थगित गर्ने । आलमले सबैका सामु माफी मागे । र, ८ बुँदे निर्णय गर्दै आन्दोलन स्थगित गर्ने निर्णय भयो ।
यो सहमति भएपछि सामाजिक संजालमा ‘राम्रो निर्णय’ भनेर अधिकांसले स्वागत गरे । यो निर्णय सार्वजनिक भए लगत्तै जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका युवाहरुले एक्कासी कार्यलयमा ढुँगा प्रहार गर्न थाले । कार्यालयको धेरै सिसा फुटाइदिए । प्रहरीले तत्कालै ५ राउण्ड अश्रु ग्यास प्रहार गरेर स्थिति साम्य पार्‍यो ।
सहमति भइसकेपछि पनि यस किसिमको गतिविधी हुनुलाई अराजकभन्दा कुनै फरक नपर्ला । सहमति नभएको स्थितिमा आन्दोलन गर्दा कुनै फरक पर्दैन्थ्यो । तर, सहमति पत्रमा हस्ताक्षर गरिसकेपछि पनि यस किसिमको व्यबहार गर्नु अराजकलाई बढावा दिनुबाहेक केही होइन् ।
घट्ना २
२४ मंसिरमा ज्योति विकास बैंक लिमिटेडका कर्मचारीलाई सप्तरीको सप्तकोशी नगरपालिकामा कालोमोसो दलेर जुत्ताको माला लगाउँदै दुर्व्यबहार गरियो । नगरपालिकाका उप प्रमुखसहितकाले यस किसिमको कुकृत्य गरेको भिडियो नै सार्वजनिक भयो ।
बैंकको काम ऋृण प्रवाह गरी असुली गर्नु हो । कसैलाई आवश्यक पर्दा बैंकबाट ऋण लिन्छन् । र, चुक्ता गर्छन् ।
तर, ऋण असुलीमा जाने कर्मचारीलाई यस किसिमको व्यबहार गर्नु अराजकता नै हो ।
प्रहरीले यो बिषयमा मुद्दा दर्ता गरी दुई जनालाई पक्राउ गरिसकेको छ । तर, यतिले मात्रै अराजकताको अन्त्य होला ?
घट्ना ३
सप्तरीको महादेवा गाउँपालिकास्थित एक विद्यालयमा केही दिनअघि आफूलाई जेनजी भनाउनेहरु प्रवेश गरी प्रधानाध्यापकसँग दुर्व्यबहार गरे । भ्रष्टाचार गरेको भन्दै न्यायाधीश नै बनेर उनीहरुले प्रधानाध्यापकलाई गरेको व्यबहार अराजकता नै थियो ।
तर, आफूहरुले एकदमै राम्रो गरेको भन्दै ती युवाहरुले सामाजिक संजालमा भिडियो पोष्ट गरेर वाहवाही लिन खोजे ।
हो, प्रधानाध्यापक र शिक्षकले पढाउँदैनन्, गलत काम नै गरे भने कार्वाही गर्ने निकाय छ कि छैन् । प्रधानाध्यापक अटेरी गरे स्थानीय तह छन्, स्थानीय तहले समेत नसुने शिक्षा विकास तथा समन्वय इकाई छन् । उसले पनि नसुने संघीय सरकारको प्रतिनिधी प्रमुख जिल्ला अधिकारी छन् ।
प्रमुख जिल्ला अधिकारीले पनि नसुने अदालत छन् । र, भ्रष्टाचारै गरेको छ भने अनुसन्धान गरी कार्वाही गराउने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग छन् ।
अब प्रश्न आउँछ निकायलाई काम गर्न नदिई कानुन आफ्‌नो हातमा लिने ? अनि त्यो कामलाई ‘राम्रो’ भनेर सामाजिक संजालमा ‘भ्यूज’ बढाउने ?
पछिल्लो समय सप्तरीमा भएका अराजक तथा उच्छृङखल गतिविधीका दृष्टान्त मात्रै हुन यी तीन घट्ना । प्रायः यस्ता घट्नाहरु भइरहेको स्थिति छ ।
सामाजिक क्षेत्रमा कृयाशिल डा. सूर्या यादव अहिले अराजकता बढेको बताउँछन् । यसतर्फ सबैलाई गम्भीर बन्नुपर्छ’ उनी भन्छन्, ‘सामाजिक अगुवाहरुको पनि मौनता देखिन्छ ।’
यस्ता गतिविधीले कसैको पनि हित नगर्ने बताउँछन् उनी ।
डा. यादव प्रशासनलाई अबिलम्ब यसतर्फ गम्भीर भएर ध्यान दिनुपर्ने अवस्था आएको उनी बताउँछन् ।
अहिलेको अवस्थामा अराजकता बढेको स्वीकार्छन् प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल पनि ।
अराजकतालाई कम गर्न बुद्धिजिवी, राजनीतिक दल, धर्म गुरुहरु, भरभलादमी, समाजका अगुवासँग छलफल गर्नुपर्‍यो । सरसल्लाह गर्नुपर्‍यो’ इग्रीन मधेशसँग उनी भन्छन्, ‘ एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नुपर्‍यो । अर्काको अस्तित्व स्वीकार गर्नेवित्तिकै धेरै समसया समाधान हुन्छ ।’
नाजायाज रुपमा कसैलाई कसैले दुर्व्यबहार गरेको छ त्यहीं बमोजिम अन्याय भयो भन्दै न्याय माग्न आएमा आफूहरु न्याय दिने उनले बताए ।
‘कानुनी पाटो हेर्नुपर्छ । समस्या समाधान हाम्रो कानुनमा प्रसस्त छन् जुनसुकै सेक्टरको होस् । त्यो अनुसार सबै अघि बढ्नुपर्छ’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
1
+1
0

Related

Previous Post

सप्तरीमा विगत तीन दिनदेखि शुरु भएको आन्दोलन टुंगियो

Next Post

सिके राउत, राजेन्द्र महतोपछि उपेन्द्र यादव पनि सप्तरी–२ बाट उम्मेदबार सिफारिस

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सिके राउत, राजेन्द्र महतोपछि उपेन्द्र यादव पनि सप्तरी–२ बाट उम्मेदबार सिफारिस

सिके राउत, राजेन्द्र महतोपछि उपेन्द्र यादव पनि सप्तरी–२ बाट उम्मेदबार सिफारिस

सम्पादकीय : एकअर्काको अस्तित्व स्वीकार गर्नु आवश्यक

सम्पादकीय : एकअर्काको अस्तित्व स्वीकार गर्नु आवश्यक

डाक्नेश्वरीका मेयरद्वारा पोखरी घाटको लागत रकम नगरपालिकालाई व्याजसहित फिर्ता

डाक्नेश्वरी नगरपालिकाले विद्यालयमा दियो पाँच दिनको विदा

सप्तरी : १५ बर्षीया बालिकासँग लघुबित्त संस्थाभित्रै जर्वजस्ती करणी

सप्तरी : १२ बर्षीया बालिकासँग जर्वजस्ती करणी, नाबालक पक्राउ

२१२ सहभागीलाई उछिन्दै प्रहरी जवानको तालिममा सर्वप्रथम भए मुसहर समुदायका युवा जय सदा

२१२ सहभागीलाई उछिन्दै प्रहरी जवानको तालिममा सर्वप्रथम भए मुसहर समुदायका युवा जय सदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.