![]()
राजविराज । सप्तरीमा विगत तीन दिनदेखि शुरु भएको आन्दोलन टुंगिएको छ ।
शुक्रबार राजविराजस्थित जिल्ला प्रशासन कार्यालयमा दिनभर भएको छलफलम सहमति भएसँगै आन्दोलन टुँगिएकाे हाे ।
राजविराज-१ का अफरोज आलमले हिन्दु समुदायको भगवान श्रीकृष्णप्रती सामाजिक संजाल मार्फत नकारात्मक टिप्पणी गरेपछि हिन्दु युवाहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरूले शुक्रबार राजविराजसहित जिल्लाकाे विभिन्न बजारसहित यातायात बन्द गराएका थिए ।
जिल्ला प्रशासन कार्यालयमा दुबै पक्षबीचको बैठकमा आलमले लिखित र मौखिक रुपमा माफी माग्दै आइन्दा यस किसिमको गतिविधि नगर्ने बताएपछि सहमति भएको छ ।
सबै पक्ष, वर्ग, समुदायले सामाजिक सद्भाव कायम गर्ने, सामाजिक संजालमा पोस्ट, कमेन्ट र शेयर गर्दा अन्य व्यक्ति, समुदाय, जात, वर्गलाई आघात, चोट, बदनाम नगर्ने, गरेमा कानुन अनुसार कार्वाही गर्ने सहमति भएको छ ।












