![]()
राजविराज । सप्तरीमा दुई जनाले उम्मेदबारी फिर्ता लिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधी सभा निर्वाचनका लागि उम्मेदबारी दर्ता गराएकामध्ये दुई जनाले उम्मेदबारी फिर्ता लिएका हुन् ।
फिर्ता लिनेमा सुरेन्द्र प्रसाद साह र किर्तिनन्द चौधरी छन् । यो दुबैले क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदबारी दिएका थिए ।
क्षेत्र नम्बर ४ बाट २७ जनाले उम्मेदबारी दर्ता गराएकोमा दुई जनाले फिर्ता लिएको निर्वाचन अधिकृत बिष्णु प्रसाद आचार्यले जानकारी दिए ।
जिल्लाको अन्य क्षेत्रमा कुनै पनि उम्मेदबारले उम्मेदबारी फिर्ता नलिएको सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतहरुले जानकारी गराएका छन् ।
जिल्लाको चार वटै क्षेत्रमा १०५ जनाले गत मंगलबार उम्मेदबारी दर्ता गराएका थिए ।












