![]()
राजविराज । राष्ट्रिय मानवअधिकार आयोगको टोलीद्वारा सप्तरीमा निर्वाचनको अनुगमन गरिएको छ ।
आयोगको जनकपुरधामस्थित कार्यालयबाट आएको टोलीले जिल्लाको विभिन्न मतदान केन्द्रमा अनुगमन गरेका हुन् ।
मानवअधिकार अधिकृत कुमारी शरणा उराँव, रेखा दत्त र सहायक प्रथम टंक कुमारी पुलामी मगर समेतको टोलीले निर्वाचन अनुगमन गरेका हुन् ।
जिल्लाको खडक, शम्भुनाथ, राजविराज नगरपालिका सहितका पालिकाको मतदान केन्द्रमा अनुगमन गरिएको अधिकृत उराँवले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
1
+1
+1
+1
+1












