ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

… अनि जेठाजुले बुहारीको हत्या नै गरिदिए


… अनि जेठाजुले बुहारीको हत्या नै गरिदिए

Loading

जनकपुरधाम । हाम्रो समाजमा जेठाजु र भाईबुहारीको सम्बन्धलाई धेरै संवेदनशिलको दृष्टिले हेर्ने गरिन्छ । तर, एक जना जेठाजुले आफ्नै भाईबुहारीसँग अवैध सम्बन्ध मात्रै बनाएनन् उनको हत्या नै गरेका छन् । घट्ना हो धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर ३ यदुकुहाको । जहाँ प्रहरीले भाईबुहारीको हत्या आरोपमा जेठाजुसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
धनुषा प्रहरीका प्रबक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार आफ्नै भाईबुहारी बबितियादेवीको हत्या आरोपमा ३० बर्षीय जेठाजु बिरेन्द्र दासलाई पक्राउ गरिएको छ । यस्तै, उनलाई हत्यामा सघाउने बिरेन्द्रका काका १९ बर्षीय उमेश दास र सालो १९ बर्षीय शत्रुद्यन दासलाई पनि पक्राउ गरिएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार बिरेन्द्र र बबितियादेवीबीच अनैतिक स्म्बन्ध थियो । यो सम्बन्ध विस्तारै गाउँ समाजका व्यक्तिले थाहा पाउने र बबितियाको व्यबहार पनि परिवर्तन हुँदै गएकाले बिरेन्द्रले उनको हत्याको योजना बनाएको देखिएको प्रबक्ता क्षेत्रीले बताए ।
२७ भदौमा आफ्नै घरमा सुतिरहेकी बबितियादेवीलाई शत्रुद्यनले खुट्टा, उमेशले हात समातिरहँदा बिरेन्द्रले डोरीबाट घाँटी कसी मारेको देखिएको क्षेत्रीको भनाई छ । बबितियाको हत्या पश्चात शवलाई खाटमुनी लुकाई कोठामा तीनै जना मेला हेर्न गएको र राति १२ बजेतिर आई शवलाई बाँसघारीमा फालेका थिए । शव फालेपछि अरु कसैले बलात्कार गरेर मारेको हो भन्ने देखाउन तीनै जनाले मृतकले लगाएको ब्लाउज र चप्पल घट्नास्थलमा राखेको देखिएको प्रहरीको भनाई छ ।
मृतकले प्रयोग गर्ने मोवाईल बिरेन्द्र दासले आफनो घरको पछाडिपट्टी पुरानो काठ राखेको ठाँउमा सेतो कपडाल बेरी लुकाई राखेको अवस्थामा बरामद भएको छ । मोबाईलमा प्रयोग भएको सिमकार्ड ४ टुक्रामा परिएको अवस्थामा बरामद भएको डीएसपी क्षेत्रीले बताए ।
पक्राउ परेकाबिरुद्ध कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एमी अवार्डमा रचियो इतिहास : जेन्डाया उत्कृष्ट अभिनेत्री, ली-जङ उत्कृष्ट अभिनेता

Next Post

न्यायमा सबैको पहुँच हुनुपर्नेमा जोड्

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
न्यायमा सबैको पहुँच हुनुपर्नेमा जोड्

न्यायमा सबैको पहुँच हुनुपर्नेमा जोड्

नयाँ सीडीओ खतिवडाले भने, ‘गलत अपेक्षा नगर्दा हुन्छ’

नयाँ सीडीओ खतिवडाले भने, ‘गलत अपेक्षा नगर्दा हुन्छ’

लोसपाले संविधान दिवसका दिन बिरोध कार्यक्रम गर्ने

लोसपाले संविधान दिवसका दिन बिरोध कार्यक्रम गर्ने

इन्टरनेटको शुल्क घट्दै गएको सरकारको दाबी

इन्टरनेटको शुल्क घट्दै गएको सरकारको दाबी

राजविराजमा भोलि विदा रहने

राजविराजमा भोलि विदा रहने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.