ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

न्यायमा सबैको पहुँच हुनुपर्नेमा जोड्


न्यायमा सबैको पहुँच हुनुपर्नेमा जोड्

Loading

राजविराज । न्यायमा सबैको पहुँच हुनुपर्ने राजविराजमा आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड् दिएका छन् ।

जितिया, दशै, दीपावली र छठ पर्वको शुभकामना आदान प्रदान तथा ‘न्यायमा पहुँच’ बिषयमा उच्च अदालत बार एशोसिएशन र जिल्ला अदालत बार इकाईका महिला कानुन व्यवसायी समूहले संयुक्त रुपमा आयोजना गरेको छलफल कार्यक्रमका बक्ताहरुले न्यायमा सबैको पहुँच हुनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथी उच्च अदालत जनकपुर राजविराज इजलासका मुख्य न्यायाधीश हरिप्रसाद भण्डारीले न्यायमा सबैको पहुँच हुनुपर्ने बताए । आर्थिक अवस्था कमजोर रहेकाले पनि न्याय पाउनुपर्ने बताउँदै उनले यस्ताका लागि अदालतले बैतनिक कानुनी सहायता उपलब्ध गराएको बताए ।

‘न्यायका लागि आउनेलाई हामी विभेद गर्दैनौ’ उनले भने, ‘आफ्नो सिमाभित्र रहेर न्याय सम्पादन गर्छौ ।’

न्यायमा सहज पहुँचका लागि बार्षिक रुपमा तालिका बनाएरै कार्यक्रम गर्दै आएको उनले बताए ।

उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश शान्तिसिंह थापाले प्रमाण नहुँदा पीडक छुट्ने गरेको बताउँदै प्रमाण जुटाउन सबैलाई सहयोग गर्नु जरुरी रहेको बताइन् ।

जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलले अदालतमा न्यायको ढोका सबैका लागि खुल्ला रहेको बताए । अन्यायमा परेकालाई न्याय कागजमा मात्रै नभै व्यबहारमै गर्न खोजेपनि बिभिन्न जटिलताले नसकिएको उनले बताए ।

सानातिना विवादमा मुद्दा लडाउनेभन्दा पनि मेलमिलाप गराउनु जरूरी रहेको उनले बताए । ‘बलात्कारजस्तो मुद्दामा मेलमिलाप गराउँछन्, तर सामान्य विवादमा मुद्दा लडाउन पठाउने गरिन्छ’ उनले भने, ‘यस्ता बिषयमा सुधार गर्नु जरुरी छ ।’ उनले जनप्रतिनिधीलाई यसतर्फ गम्भीर भएर ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा राजविराज नगरपालिकाका कार्यबाहक मेयर इसरत परविन, उच्च अदालत बार एशोसिएसनका अध्यक्ष भरत यादव, वरिष्ठ अधिबक्ता कृष्णानन्द देव, शिवकुमार चौधरी, महेन्द्र चौधरी, सुजित पोखरेल, जिल्ला बारका पुर्व अध्यक्ष डोमन साह, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देवसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

उच्च बार एशोसिएसन महिला समितिका अध्यक्ष दानो चौधरीको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको संचालन पार्वती राउतले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

… अनि जेठाजुले बुहारीको हत्या नै गरिदिए

Next Post

नयाँ सीडीओ खतिवडाले भने, ‘गलत अपेक्षा नगर्दा हुन्छ’

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नयाँ सीडीओ खतिवडाले भने, ‘गलत अपेक्षा नगर्दा हुन्छ’

नयाँ सीडीओ खतिवडाले भने, ‘गलत अपेक्षा नगर्दा हुन्छ’

लोसपाले संविधान दिवसका दिन बिरोध कार्यक्रम गर्ने

लोसपाले संविधान दिवसका दिन बिरोध कार्यक्रम गर्ने

इन्टरनेटको शुल्क घट्दै गएको सरकारको दाबी

इन्टरनेटको शुल्क घट्दै गएको सरकारको दाबी

राजविराजमा भोलि विदा रहने

राजविराजमा भोलि विदा रहने

सप्तरीमा ४ लाख १८ हजार ३७४ मतदाता, कुन पालिकामा कति मतदाता ?

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.