ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

इन्टरनेटको शुल्क घट्दै गएको सरकारको दाबी


इन्टरनेटको शुल्क घट्दै गएको सरकारको दाबी

Loading

– किरण अधिकारी

सरकारले इन्टरनेटको शुल्क घट्दै गएको दाबी गरेको छ।

चालु आर्थिक वर्ष २०७९/०८० मा सरकारले गरेको घोषणा सहित यो २ महिना (साउन र भदौ) मा इन्टरनेटको मुल्य घटेको उल्लेख छ।
सरकारले सोहि सुविधाका लागि सञ्चार तथा सूचना प्रविधिका लागि ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

चालु आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री जनार्दन शर्माले उक्त रकम विनियोजन गरेको जानकारी दिएका थिए।

उनले देशभरि सूचना तथा सञ्चारको विस्तार गर्न इन्टरनेट शुल्क घटाउने जानकारी दिएकाले चालु आर्थिक वर्षमा टेलिकम, वल्र्डलिंक सहित विभिन्न सेवा प्रदायकले ग्राहकको आकर्षण बढाउन समेत मुल्य घटाएको सरकारी दाबी छ। त्यस्तै सरकारी कार्यालयहरुलाई डिजिटल कार्यालयको रुपमा रुपान्तरण गर्ने कार्यलाई समेत सरकारले अघि बढाएको छ।

अर्थमन्त्री शर्माको इन्टरनेट एक्सचेन्ज कार्यक्रममार्फत् सूचना प्रविधिको विकास गरिने दाबीलाई कार्यान्वयनका लागि अघि बढेको सरकारी निकायले जनाएको छ।

त्यस्तै गीत संगीतमा लागेका सर्जकहरुको उत्थान र फिल्म सिटी निर्माण लागि समेत बजेट विनियोजन गरेकाले सोहि अनुसार अघि बढेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

गत आर्थिक वर्ष २०७८/०७९ को अन्तिम महिना गत असार अन्तिमसम्म इन्टरनेट सेवा प्रदायकहरूले इन्टरनेट शुल्क मासिक ५०० रुपैयाँ हुँदा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क अर्थात् ६५ रुपैयाँ जोडेर असुल्नुका साथै थप ५०० रुपैयाँ मर्मत सम्भार खर्च लिइन्छ र १ हजार ६५ रुपैयाँको १३ प्रतिशत अर्थात् १३८.४५ रुपैयाँ मूल्य अभिवृद्धि कर असुल्दा सर्वसाधारणले कुल १ हजार २०३.४५ रुपैयाँ तिर्नुपर्ने रहेको सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले बताए।

उनले टेक्नोलोजिखबरसँग कुरा गर्दै भने,“चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो महिना गत साउन १ गतेबाट भने दूरसञ्चार सेवा शुल्क १० प्रतिशत कायम हुँदा ग्राहकले ६५ रुपैयाँको सट्टा ५० रुपैयाँ तिरे पुग्ने भएकाले इन्टरनेटको पैसा घटेको हो, जसले गर्दा अर्थ इन्टरनेटको मूल्य गत आर्थिक वर्ष २०७८/७९ भन्दा १७ रुपैयाँ सस्तो पर्न आउँछ।”

त्यसैले इन्टरनेट सेवा प्रदायक कम्पनीहरू नेपाल टेलिकम, एनसेल, वल्र्डलिंक लगायतले नेपालभर छुट दिएको प्रतिवेदन तयार हुँदै गरेको सञ्चार सचिव अर्यालले उल्लेख गरे।

उनले भने,“इन्टरनेट अत्यावश्यक सेवा भनेर राज्यले घोषणा गरिसकेको अवस्था छ र राष्ट्रसङ्घीय महासभाले यसलाई मानवअधिकारका रूपमा राखिसकेको छ, जसले गर्दा सहज रूपमा र सस्तोमा उपलब्ध गराउनुको विकल्प नभएको र करको नाममा सरकारलाई दोष दिन नहुने अवस्था छ।”

त्यसबाहेक अन्तर्राष्ट्रिय टेलिकम यूनियनले सन् २०२५ सम्म कुल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतमा इन्टरनेट शुल्क आए मात्रै त्यो आर्थिक रूपमा सर्वसाधारणमा पहुँचमा भएको मानिने लक्ष्य तय गरेको सञ्चार सचिव डा. अर्यालले जानकारी दिए।

सेवा प्रदायकहरूका अनुसार इन्टरनेट रकम ग्राहकले इन्टरनेटका लागि खर्चिने रकमका आधारमा फरक पर्छ।

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले कर घट्ने कुरा सकारात्मक रहे पनि इन्टरनेटमा लागु गरिएको करमा परिवर्तन हुनुपर्ने माग समेत राखेको छ। जसले गर्दा ग्राहकलाई झनै सस्तोमा इन्टरनेट उपयोग गर्न दिन सकिने संघका सिईओ सुभाष खड्काले जानकारी दिए।

टेक्नोलोजिखबरसँग कुरा गर्दै उनले भने, “ग्रामीण दूरसञ्चार विकास कोष र रोयल्टीसहित ६ प्रतिशत, दूरसञ्चार सेवा शुल्क १३ प्रतिशत, ब्यान्डविथ बेच्दाको कर र ३० प्रतिशत कर्पोरेट कर लगायत केही जोडिनुपर्दा अझै सस्तो गर्न सकिएको छैन।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लोसपाले संविधान दिवसका दिन बिरोध कार्यक्रम गर्ने

Next Post

राजविराजमा भोलि विदा रहने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा भोलि विदा रहने

राजविराजमा भोलि विदा रहने

सप्तरीमा ४ लाख १८ हजार ३७४ मतदाता, कुन पालिकामा कति मतदाता ?

टिकट बुकिंग खुल्यो : राजविराज आइपुग्न कुन ठाउँबाट कति लाग्छ भाडा ?

टिकट बुकिंग खुल्यो : राजविराज आइपुग्न कुन ठाउँबाट कति लाग्छ भाडा ?

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

संविधान दिवसमा नेवि संघद्वारा मैनबत्ति प्रज्जवलन

संविधान दिवसमा नेवि संघद्वारा मैनबत्ति प्रज्जवलन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.