मधेश सम्वाददाता
राजविराज, २४ असोज ।
सप्तरीमा कुनै पनि उम्मेदबार बिरुद्ध उजुरी परेन । उजुरीका लागि सोमबारको समयसीमा तोकिएको थियो । यो समयावधीमा कुनै पनि उम्मेदबार बिरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयहरुले जनाएको छ ।
जिल्लामा कुल १८१ जनाले उम्मेदबारी दिएका छन् । ७० जनाले प्रतिनिधी सभाका लागि उम्मेदबारी दिँदा १११ जनाले प्रदेश सभाका लागि उम्मेदबारी दिएका छन् ।
उम्मेदबारी दिएका मध्ये कसै बिरुद्ध पनि उजुरी नपरेको क्षेत्रिय निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदबार बिरुद्ध उजुरी दिन सक्ने समय तय गरिएको थियो ।