ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बच्चालाई डाइट प्लान कति जरुरी ?


बच्चालाई डाइट प्लान कति जरुरी ?

Loading

काठमाडौं । शिशु जन्मिएदेखि ६ महिनासम्म आमाको दूध मात्रै खुवाइन्छ । शिशुको उमेर ५-६ महिना पुगेपछि दूधसँगै पूरक खाना पनि खुवाउन थालिन्छ ।

६ महिनासम्म बच्चाको पाचन प्रणाली कमजोर हुन्छ भने ६ महिनापछि बिस्तारै पाचन प्रणाली बलियो हुँदै जान्छ । त्यसैले ६ महिनापछि बालबालिकालाई दिइने पूरक खाना सजिलै पच्ने खालको हुुनुपर्छ ।

चना, जौ, गहुँ, मकै, काजु, बदाम आदिको मिश्रण गरेर लिटो बनाएर बच्चालाई खुवाइन्छ । बच्चालाई लिटो र गाईभैंसीको दूध पनि खुवाइन्छ । तर यसरी मिसाएर बनाएको लिटो वा दूध बच्चालाई नपच्ने वा एलर्जी हुने पनि हुन सक्छ । किनकि सबै बच्चाको शरीर, पाचन प्रणाली एकै प्रकारको हुँदैन । कसैलाई त्यो लिटो राम्ररी खान्छन् भने कसैले खाँदैनन् ।

बच्चाले मलाई यो मन परेन त भन्न जान्दैन । अभिभावकहरूले पनि मेरो बच्चाले किन दूध खाएन किन लिटो खाएन ?  किन दूध खाएन भनेर कहिल्यै याद गरेका हुँदैनन् ।

बच्चाले किन खाना खाएन भन्ने चिन्ता त हुन्छ । तर के कारणले खाएन भनेर सोचेका हुँदैनन् । बच्चाले कुनै खानेकुरा खाएन भने उसलाई खानाको एलर्जी भएको हुन सक्छ वा उसलाई ग्यास्ट्रिक भएको हुनसक्छ । बच्चालाई पनि ग्यास्ट्रिक हुन्छ र भन्ने अभिभावकको प्रश्न हुन्छ । ठूलो मान्छेलाई जस्तो लक्षण नदेखिए पनि बच्चालाई पेट ढुस्स हुने र खाना नपच्ने जस्ता समस्या हुन्छन् । त्यसैले पूरक खाना सुरु गर्नुअघि एक पटक चिकित्सक तथा पोषणविद्को सल्लाह लिएको राम्रो हुन्छ । आफ्नो बच्चालाई कुनै खानाको एलर्जी छ कि भनेर बच्चाको ब्लड ग्रुप के छ ? बच्चाको लागि कुनै खाना मन्द विष पो हुन सक्छ कि भनेर पत्ता लगाउन सकिन्छ ।

तीन वर्षभित्र बच्चालाई खाना खुवाउने बानी पारिसक्नुपर्छ

कुनै नयाँ खाना खाँदा त्यसको स्वादमा बानी पर्न जिब्रोको ‘टेस्टबर्ड’लाई एक हप्ता जति समय लाग्छ । त्यस्तै बच्चाले नयाँ खानेकुराको स्वाद लिन्छ भने उसलाई पनि त्यसमा भिज्न समय लाग्छ । तर हाम्रो बानी के हुन्छ भने एउटा खानेकुरा चखायो र बच्चाले मन पराएन भने भोलिपल्ट अर्को खानेकुरा दिने गर्छौं । यसो गर्दा बच्चाले त्यो कुराको टेस्ट राम्ररी लिन पाउँदैन ।

हामीलाई कुनै पनि खानेकुराको बानी पार्न एक हप्ता लाग्छ भने बच्चालाई पनि समय लाग्छ । एउटा खाना उसलाई सात पटकसम्म लगातार दिंदा उसलाई त्यो मन परेन वा उसलाई पचेन भने मात्र त्यो खानेकुरा नदिनु उचित हुन्छ । बच्चालाई खानाको बानी पार्नु जरुरी छ अनि मात्र उसले त्यसको स्वाद बुझ्छ मन पराउँछ र खान खोज्छ ।

तीन वर्षको उमेरभित्रमा बच्चालाई सबै खानेकुरा चखाइसक्नुपर्छ । अनि मात्र उसको खाने बानीको विकास हुन्छ । सबै खानेकुरा यो उमेर चखाउँदा उसलाई केही खानेकुराको एलर्जी छ भने त्यो पनि थाहा हुन्छ ।

अन्य देशमा बच्चालाई परिवारका अन्य सदस्यसँग राखेर आफैं खान दिइन्छ । उसले त्यो खाना आफैं खान्छ, खेल्छ र नखाएको फाल्छ । आमाले के खाएको छ बाबाले के खाएको छ हेर्छ, मेरो भन्दा मीठो पो छ कि भनेर निकालेर खान्छ । आमाले तरकारी खाएको छ भने त्यो निकालेर खान्छ । बुबाले मासु खाएको छ भने मासु झिकेर खान्छ । जसले गर्दा बिस्तारै उसको सबै खानेकुरा खाने बानीको विकास हुँदै जान्छ । ठूलो हुँदै जाँदा उसलाई सबै खाना मीठो लाग्छ र खाना फाल्न हुँदैन भन्ने कुरा पनि सिक्दै जान्छ ‘टेबल म्यानर’ उसले सिक्छ ।

तर हाम्रोमा के चलन छ भने बच्चाले खाना पोखाउँछ फाल्छ भनेर अभिभावकले नै खुवाइदिन्छन् । बच्चालाई जबरजस्ती कोचेर खुवाइन्छ । अहिले प्रायः सबै अभिभावक व्यस्त छन् बिहान अफिस पुग्न हतार हुन्छ । १० बजे अफिस पुग्न ९ बजे निस्किसक्नुपर्‍यो त्यसैले आफू हतारहतार खायो अनि बच्चालाई पनि हतारहतार कोच्चायो । अझै खान मानेन भने मोबाइल दियो अनि झुक्काएर खुवायो । आरामले बसेर खानेकुराको बारेमा बताएर सिकाएर खुवाउने फुर्सद छैन । बच्चाले त्यो खानाको स्वाद पायो कि पाएन उसलाई मीठो लाग्यो कि लागेन भन्ने पनि याद हुँदैन ।

बच्चामा खाने बानी कसरी बसाउने ?

पहिले अभिभावकलाई बच्चाका लागि खाना पुर्‍याउन गाह्रो हुन्थ्यो, अहिले भने भएको खाना बच्चालाई कसरी खुवाउनु भन्ने चिन्ता हुन्छ । मेरो बच्चाले खाँदैन भन्ने गुनासो धेरै सुनिन्छ ।

मेरो बच्चाले खानै खाएन भन्ने अभिभावकको गुनासो हुन्छ । तर बच्चाले किन मन पराएन ? कसरी बनाउँदा मन पराउँछ भन्ने याद हुँदैन । मेरो बच्चाले त उसिनेको अण्डा मात्र खान्छ अम्लेट खाँदैन वा अम्लेट मात्र खान्छ उसिनेको खाँदैन भन्ने गुनासो हुन्छ । त्यसमा गुनासो गर्न पर्दैन, उसलाई जसरी मन पर्छ त्यसरी बनाएर दिंदा हुन्छ ।

बच्चाले तरकारी खाँदैन भने तरकारी राखेर परौठा बनाएर वा चटपटे जस्तो  सलाद बनाएर दिन सकिन्छ । उसमा खाने बानी बसाउन रेसिपी परिवर्तन गरेर दिन सकिन्छ ।

बच्चालाई परिवारका सबै सदस्यसँगै राखेर आफैं खान दिनुपर्छ । पोखाउँछ वा फाल्छ भनेर आफंै खुवाइदिनु हुँदैन । यसो गर्दा पनि उसको सबै खानेकुरा खाने बानी बस्छ ।

एक दिन एउटा खानेकुरा दिंदा उसले त्यो मन पराएन भनेर भोलिपल्ट अर्को खाना नदिने लगातार ७ पटक सम्म त्यो खाना दिंदा उसलाई त्यो खाना मीठो लाग्न सक्छ । सात पटकसम्म खाँदा पनि उसलाई त्यो मन परेन मात्र उसलाई यो खानेकुरा दिनुहँदैन ।

खाना खाने बेलामा अभिभावकहरूको झगडा पर्छ भने पनि बच्चा खाना खान नमान्ने डराउने हुन्छ । यो कुरामा पनि अभिभावले ध्यान दिनुपर्छ । सानो बच्चाले औंला चुसिरहन्छ भने उसले मतिर ध्यान देऊ भनेको हो यो सबै कुरा अभिभावकले ध्यान दिनुपर्छ ।

बच्चाले खाना खाइरहेको बेला उसको अगाडि बसेर आफूले पनि खाने यो खानेकुरा यो नाम यो हो यसले स्वास्थ्यमा यस्तो फाइदा गर्छ भन्दै सिकाउँदै खाना दिनुपर्छ ।

अभिभावकले ७ वर्ष सम्म बच्चाको खानपानमा ध्यान दिनुभयो, उसलाई खाना खाने बानी बसाउन मेहनत गर्नुभयो भने त्यसपछि मेहनत गर्नुपर्दैन उसमा सबै खाना खाने बानी बस्छ ।

उसको बच्चाले एक कचौरा भात खान्छ मेरो बच्चाले खाँदैन भन्ने पनि गुनासो हुन्छ अभिभावकको । तपाईँको बच्चा र उसको बच्चाको उसको पचन प्रणाली फरक होला, स्वाद फरक होला भन्ने सोच्नुपर्छ । बच्चाको खानमा अरुसँग तुलना गर्नु हुँदैन । यसलाई जस्तो खाना मन पर्छ, जति मन पर्छ त्यति दिनुपर्छ ।

(पोषणविद् अनुश्री आचार्यसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

लगानी भएको ठाउँमा शैक्षिक गुणस्तर राम्रो हुनुपर्छ : मन्त्री यादव

Next Post

शौचालय पसेर महिलाले लगाइन आफ्नै शरीरमा आगो, जलेर मृत्यु 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शौचालय पसेर महिलाले लगाइन आफ्नै शरीरमा आगो, जलेर मृत्यु 

शौचालय पसेर महिलाले लगाइन आफ्नै शरीरमा आगो, जलेर मृत्यु 

प्रजातन्त्र दिवस : नेविसंघ र तरुण दलद्वारा रक्तदान कार्यक्रमको आयोजना

प्रजातन्त्र दिवस : नेविसंघ र तरुण दलद्वारा रक्तदान कार्यक्रमको आयोजना

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सशस्त्रका असई हत्यामा संलग्न रहेको भन्दै खत्रीलाई जन्मकैदको सजाय

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

छुट्टाछुट्टै दुर्घटनामा प्रहरीसहित ६ जना घाइते

सरस्वतीले एकै पटक जन्माइन तीन सन्तान

सरस्वतीले एकै पटक जन्माइन तीन सन्तान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.