राजविराज । सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकामा एटिएमको सिसा फुटाउने दुई जना युवक पक्राउ परेका छन् ।
गाउँपालिकाको वडा नम्बर ६ महुली बजारस्थित माच्छापुच्छ्रे बैकको एटिएमको सिसा फुटाउने उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सोही गाउँपालिकाको वडा नम्बर २ बस्ने ३८ बर्षीय सुवासकुमार चौधरी र २५ बर्षीय निराजन चौधरी रहेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
बिहीबार दिउँसो ४ बजेतिर उनीहरु पैसा निकाल्न एटिएम पुगेका थिए । तर पैसा ननिस्केका कारण रिसले उनीहरुले एटिएमको ढोकाको सिसा लात र हातले हानि फुटाई रहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ ।
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।