राजविराज । शुक्रबार गठन भएको संसदीय विषयगत समितिमा सप्तरीका सबै प्रतिनिधीसभा सदस्य परेका छन् । दुई जना सदस्य एकै समितिमा परेका छन् ।
सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित डा. सिके राउत र क्षेत्र नम्बर ३ बाट निर्वाचित दिनेश कुमार यादव पूर्वाधार विकास समितिमा परेका छन् ।
क्षेत्र नम्बर १ बाट निर्वाचित नवलकिशोर साह कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिमा र क्षेत्र नम्बर ४ बाट निर्वाचित तेजुलाल चौधरी सार्वजनिक लेखा समितिमा परेका छन् ।
सामानुपातिक सांसद रंजु कुमारी झा कानुन, न्याय तथा मानवअधिकार समितिमा तथा मन्जु शर्मा अन्सारी महिला तथा सामाजिक मामिलामा परेका छन् ।
सभामुख देवराज घिमिरेले संसदीय बिषयगत समितिमा रहने दस्यहरुको नाम शुक्रबार संसदमा प्रस्तुत गरेका हुन् ।