ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीका मुखियाले बनाएको डिहबार सम्बन्धी वृत्तचित्र भिडियो च्यालेन्जको ३ विधामा मनोनयन


सप्तरीका मुखियाले बनाएको डिहबार सम्बन्धी वृत्तचित्र भिडियो च्यालेन्जको ३ विधामा मनोनयन

Loading

राजविराज । मिथिला क्षेत्रमा डिहबार मन्दिरको ठूलो महत्व छ । यहाँ कुनै पनि धार्मिक गतिविधी या पूजापाठ डिहबारलाई बाहिर राखेर अपूरो रहन्छ । हरेक गाउँमा डिहबारको पूजापाठ गर्ने गरिन्छ ।
डिहबारको महत्वलाई उजागर गर्दै सप्तरीका युवक सुरेश मुखियाले एउटा बृत्तचित्र बनाएका छन् । जुन भिडियो ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि मनोनयनमा परेको छ । वि विल राइज फाउण्डेसनले आह्वान गरेको राष्ट्रव्यापी वृत्तचित्र प्रतियोगिता ‘मेरो गाउँ, मेरो ठाउँका लागि मुखियाले डिहबार सम्बन्धी वृत्तचित्र बनाएका छन् ।
आयोजकले आह्वान गरेको १० विधामध्ये मुखियाको वृत्तचित्र ३ विधामा पर्न सफल भएको छ । बेस्ट स्टोरी, कन्सेप्ट डाइरेक्सन र वेस्ट फ्यूचर स्टार विधामा यो वृत्तचित्र परेको छ ।
आयोजकले वेस्ट भिडियो अफ द इयर, जजेज च्वोइस अवार्ड, स्टोरी कन्सेप्ट÷वेस्ट डिरेक्सन, वुनम भिडियो मेकर अफ दि इयर, फ्युचर स्टार अफ दि इयर, मोष्ट पोटेन्सियल डेस्टिनेसन, मोष्ट एर्नजेटिक भिडियो मेकर, वेष्ट स्क्रिप्ट÷भ्वाईस ओभर, वेस्ट सिनेमाटोग्राफर र बेष्ट एडिटर गरी विभिन्न दश विधामा मनोनयन गरेको हो । प्रत्येक विधामा सात–सात वटा भिडियो मनोनयन गरिएको छ ।
निर्देशक भुषण दाहाल, अभिनेत्री करिश्मा मानन्धर, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, निर्देशक तथा सिनेमाटोग्राफर सबनम मुखिया, नेपाल पर्यटन बोर्डकी म्यानेजर अर्चना केसी राना, नेपाल उद्योग परिसंघका महाप्रबन्धक दीपकराज जोशी (टुरिजम बोर्डका पूर्व सिईओ) र वि विल राइज फाउण्डेसनका निर्देशक निर्मल श्रेष्ठ सहभागी निर्णायक टोलीले देशैभरबाट पठाइएका कुल २५८ मध्येबाट ७० वृत्तचित्रलाई मनोनयनमा पारेका हुन् ।
उत्कृष्ट भिडियोहरू मध्ये बेष्ट भिडियो अफ द इयरले पाँच लाख रुपैयाँ, जजेज च्वोइस अवार्डले दुई लाख र बाँकी सबै विधामा एक–एक लाख रुपैयाँ नगदसहित ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेञ्ज २०२३’ अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको ग्राण्ड फिनाले वि विल राइज फाउन्डेसन र नेपाल टेलिभिजनको सयुंक्त आयोजनामा जेठ १३ गते साँझ राष्ट्रिय सभागृह, काठमाडौँमा हुनेछ । कार्यक्रम नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल पर्यटन बोर्ड र चलचित्र विकास बोर्डको समेत साथ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

Next Post

सप्तरीका यी दुई सांसद परे बिषयगत समितिमा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीका यी दुई सांसद परे बिषयगत समितिमा

सप्तरीका यी दुई सांसद परे बिषयगत समितिमा

अरुले चढिरहेको सरकारी गाडी तीन दिनभित्र फिर्ता हुन्छ ः मुख्यमन्त्री यादव

अरुले चढिरहेको सरकारी गाडी तीन दिनभित्र फिर्ता हुन्छ ः मुख्यमन्त्री यादव

कर, भ्याटका समस्या समाधानको माग गर्दै गैसस महासंघद्वारा पठाइयो ज्ञापन

कर, भ्याटका समस्या समाधानको माग गर्दै गैसस महासंघद्वारा पठाइयो ज्ञापन

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

राजविराजमा करेन्ट लागेर बालककाे मृत्यु 

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

छिन्नमस्तामा तीन जना सबार मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक जना घाइते

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.