राजविराज ।
तोकिएको समयभित्र सप्तरीका ४ पालिकाले सभा गर्न सकेनन् । सदरमुकाम राजविराजसहित चार पालिकाले निर्धारित समयमा सभा गर्न नसकेको हो ।
असार १० गतेभित्र पालिकाको सभा गरिसक्नुपर्ने व्यवस्था छ । तर, राजविराज नगरपालिका, कंचनरुप नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका तथा रुपनी गाउँपालिकाले निर्धारित समयभित्र सभा गर्न नसकेको हो । यी चार पालिकामा जनप्रतिनिधीबीच विवाद हुँदा समयमा सभा हुन नसकेको हो ।
राजविराज, हनुमाननगर कंकालिनी र रुपनीमा सभाको कुनै तयारी नै गरिएको थिएन् । कंचनरुपमा सभाको तयारी गरिएपनि उप मेयरसहित अन्य जनप्रतिनिधीले विवाद गरेपछि स्थगित गरिएको छ ।
राजगढ गाउँपालिकामा गाउँसभा संचालन गरिएपनि उपाध्यक्ष रेणुदेवी मण्डलले पालिकामा ताला लगाएकी छन् । गाउँसभा पूर्व गर्नुपर्ने बैठक र छलफल नगरी एकैपटक गाउँसभा गरेको भन्दै उनले अध्यक्षको कार्यकक्ष, स्टोर शाखा, जिन्सी शाखा,, प्रशासन प्रमुखको कार्यकक्षमा ताला लगाएकी छन् ।
सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिका गरी १८ वटा पालिका रहेको छ । आईतबार अन्तिम दिन जिल्लाको तिलाठी कोइलाडी, तिरहुत, महादेवा, खडक, बलानबिहुलसहितका पालिकाले सभा गरेको छ ।
यस पटक जिल्लामा सबैभन्दा पहिला सभ ागर्ने पालिका छिन्नमस्ता गाउँपालिका भएको छ । छिन्नमस्ताले गत ७ गते नै सभा गरिसकेको हो ।