ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 16, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कृष्णकुमारको एक बर्षको दौडधूपको परिणाम : उपमेयरबिरुद्ध पक्राउ पूर्जी

कृष्णकुमारको एक बर्षको दौडधूपको परिणाम : उपमेयरबिरुद्ध पक्राउ पूर्जी

Loading

राजविराज । अदालतको आदेशपछि नागरिकता सम्बन्धी कसुरमा प्रहरीले मुद्दा दर्ता गरेपछि सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेश पछि प्रहरीले हालै यादव दम्पति बिरुद्ध नागरिकता सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ता गरेपछि जिल्ला अदालतबाट मंगलबार पक्राउ पूर्जी जारी गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयले उपमेयर दम्पतिबिरुद्ध पक्राउ पूर्जी जारी भएको पुष्टि गरेको छ । जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले पक्राउ पूर्जी जारी भइसकेको बताए ।

उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको दाबी गर्दै डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ निवासी कृष्णकुमार यादवले मुद्दा दायर गरेका थिए ।

भारतीय नागरिक मीरा नेपालको नागरिकता लिई उप प्रमुख समेत बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै कृष्णकुमारले यसअघि जिल्ला प्रशासन र प्रहरी कार्यालय धाउँदा समेत मुद्दा दर्ता गरिएको थिएन् । यसपछि उनले परमादेश आदेशको माग गर्दै उच्च अदालत जनकपुरको राजविराज इजलासमा रिट निवेदन दायर गरेका थिए । ५ जेठमै मुद्दाको भएको फैसला बमोजिम अदालतले ४ असारमा उच्च सरकारी वकीलको कार्यालय, राजविराजलाई आदेशको जानकारी गराइदिन पत्र पठाएको थियो ।

‘निवेदक कृष्णकुमार यादव र विपक्षी जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरी समेत भएको परमादेश रिट निवेदनमा विपक्षीमध्येका जिल्ला प्रहरी कार्यालय, सप्तरीका नाममा परमादेशको आदेश जारी हुने ठहरी यस अदालतबाट जेठ ५ गते आदेश भई उक्त आदेश असार ३ गते प्रमाणीकरण भएको हुँदा उक्त आदेशको प्रमाणित प्रयितलिपी समेत यसै साथ राखी जानकारी गराइएको छ । त्यस बेला अदालतले सरकारी वकील कार्यालयलाई पठाएको पत्रमा भनिएको थियो, ‘सोको जानकारी त्यहाँ कार्यालय मार्फत् विपक्षीलाई उक्त आदेशको जानकारी गराइदिनुहुन आदेशानुसार अनुरोध छ ।’

अदालतले ४ असारमा पत्र पठाएपनि प्रहरीले १७ असारमा मात्रै मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता भएको दुई दिनपछि पक्राउ पूर्जी जारी भएको हो ।

उपप्रमुख मीराकुमारी र उनका पति महेन्द्रकुमार भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको भन्दै साउन २०७९ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको थियो । मीरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नागरिकता लिएको आरोपीको दावी छ ।

भारतको निर्वाचन नामावली २०२२ मा मीराको नाम रहेको दाबी गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेस गरेको शपथपत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचानपत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाणको रुपमा उजुरीमा समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मलेसियालाई २सय २१ रनले पराजित गर्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्न सफल

Next Post

बाढीले घर डुबानमा पर्दा पोर्ताहाका बासिन्दाले गरे राजमार्ग अवरुद्ध, प्रहरीले हवाई फायर र लाठी प्रहार गर्दै खुलाए

नागरिकता सम्बन्धी कसुर मुद्दा : एमालेको दलबलसहित डाक्नेश्वरीकी उप मेयर जिल्ला प्रहरी कार्यालय हाजिर

नागरिकता सम्बन्धी कसुर मुद्दा : एमालेको दलबलसहित डाक्नेश्वरीकी उप मेयर जिल्ला प्रहरी कार्यालय हाजिर

थलहीमा सडक निर्माण : ग्राभेलको नाममा माटो हाल्दै

थलहीमा सडक निर्माण : ग्राभेलको नाममा माटो हाल्दै

मावि खुरहुरिया : रजिष्टर अनुसार विद्यार्थी छैनन्, आउनेलाई पनि पढ्न लेख्न आउँदैन

मावि खुरहुरिया : रजिष्टर अनुसार विद्यार्थी छैनन्, आउनेलाई पनि पढ्न लेख्न आउँदैन

राजविराजकाे दुरावस्था : मरेको बाछी हटाइएन, फोहोर थुप्रिदैं

राजविराजकाे दुरावस्था : मरेको बाछी हटाइएन, फोहोर थुप्रिदैं

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.