ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मावि खुरहुरिया : रजिष्टर अनुसार विद्यार्थी छैनन्, आउनेलाई पनि पढ्न लेख्न आउँदैन

मावि खुरहुरिया : रजिष्टर अनुसार विद्यार्थी छैनन्, आउनेलाई पनि पढ्न लेख्न आउँदैन

Loading

राजविराज । केहि दिनअघि पालिकाले स्पष्टिकरण सोधेपछि सप्तरीको बिष्णुपुर गाउँपालिकाका शिक्षक आन्दोलनको घोषणा गरेका थिए । पालिका अध्यक्ष उमेश कुमार यादवले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई पढ्न लेख्न नआएको र शिक्षकले पढाईनरहेको भन्दै स्पष्टिकरण सोधेका थिए । यो प्रकरण केहि शिथिल भएपछि संचारकर्मीको एक टोलीले गाउँपालिकाको वडा नम्बर १ स्थित जनता मावि खुरहुरियाको अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा यो विद्यालयमा देखिएका केहि दृश्यहरु । सबैभन्दा पहिला विद्यालयको रजिष्टरमा विद्यार्थीको संख्या र कक्षामा उपस्थित विद्यार्थीबारे चर्चा गरौं ।
गत बिहीबार संचारकर्मीको टोली पुग्दा बालविकास केन्द्रमा एक जना शिक्षिका आफ्ना बच्चासहित र अर्काे खाली बसिरहेकी थिइन् । बालविकास केन्द्रमा एक जना पनि बालबालिका थिएनन् । जबकी रजिष्टरमा ३१ जना अध्ययनरत रहेको देखियो ।
कक्षा १ को रजिष्टरमा ४२ जना बालबालिका देखिएपनि एक जना पनि थिएनन् । कक्षा २ मा २५ जना रहेको देखिएपनि कक्षामा कोहि पनि देखिएनन् ।
यस्तै, कक्षा ३ को रजिष्टरमा २९ जना देखिएकोमा ४ जना मात्रै उपस्थित, कक्षा ४ को रजिष्टरमा २९ जना देखिएपनि ३ जना मात्रै उपस्थित, कक्षा ५ को रजिष्टरमा २७ जना देखिएपनि २ जना मात्रै उपस्थित, कक्षा ६ को रजिष्टरमा ५८ जना रहेकोमा ९ जना मात्रै उपस्थित देखिए ।
त्यस्तै, कक्षा ७, ८, ९ र १० पनि रजिष्टरमा उल्लेख भए अनुसार विद्यार्थी देखिएनन् ।
यसबारे शिक्षकको धारणा थियो विद्यार्थी टिफिनमै गइहाल्छन् हामी के गर्ने ?
यसमा प्रधानाध्यापक अशोक यादवले थपे, ‘खाजा कार्यक्रम नभएपछि विद्यार्थी बस्नै मान्दैनन् ।’
अनुगमनका क्रममा ८ देखि १० कक्षासम्मका विद्यार्थीलाई विद्यालयको नाम समेत अंग्रेजीमा लेख्न आएन् । जोड्, घटाउ, गुणा, भागामा समेत कमजोर देखिए बालबालिका ।
यो विद्यालयमा शिक्षकको संख्या ठीकै छ । बालविकास केन्द्रमा दुई जना शिक्षिका छन् । प्रावितर्फ १ राहत र ७ स्थायी, निमाविमा १ राहत र ४ स्थायी, मावितर्फ ३ जना स्थायी र १ जना राहत शिक्षक कार्यरत छन् । एक जना लेखापाल र २ जना कार्यालय सहयोगी समेत कार्यरत छन् ।
यी शिक्षक र कर्मचारीकै तलवमा बार्षिक १ करोड १० लाख खर्च भइरहेको छ । तर नत्र विद्यार्थी आउँछन् र आएपनि शिक्षकले पढाउँदैनन् । अनुगमनमा जाँदा विद्यालयका प्रायः सबै शिक्षक रुखमुनी कुर्सीै लगाएर बसिरहेका थिए ।
प्रअ भन्छन्–कुनै शिक्षकले टेर्दैनन्
विद्यालयका प्रअ अशोक यादव विद्यालयमा काम गर्ने शिक्षकले नटेरिरहेको बताए । कक्षामा जान भन्दा नजाने गरेको उनले बताए । ‘कक्षामा जान भन्दा मान्दैनन्’ उनले भने, ‘दुई तीन घण्टा पढाएर जानै गर्छन् ।’
शिक्षकले आफूलाई गालीगलौज गर्दै अभद्र व्यबहार गर्ने गरेको प्रअ यादवले बताए । उनले यसबारेमा गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत जानकारी गराइसकेको बताए ।
उनले विद्यालयमा सुधार गरेर शिक्षालाई गुणस्तरीय बनाउनेतर्फ काम थालनी गरेपनि निरन्तर असहयोगका कारण गर्न नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

थलहीमा सडक निर्माण : ग्राभेलको नाममा माटो हाल्दै

Next Post

राजविराजकाे दुरावस्था : मरेको बाछी हटाइएन, फोहोर थुप्रिदैं

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजकाे दुरावस्था : मरेको बाछी हटाइएन, फोहोर थुप्रिदैं

राजविराजकाे दुरावस्था : मरेको बाछी हटाइएन, फोहोर थुप्रिदैं

नेल्टा, सप्तरीमा नयाँ कार्यसमिति चयन

नेल्टा, सप्तरीमा नयाँ कार्यसमिति चयन

रुपनीमा ट्रकको ठक्करले बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अबरुद्ध 

रुपनीमा ट्रकको ठक्करले बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अबरुद्ध 

रुपनीमा ट्रकको ठक्करले बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अबरुद्ध 

रुपनीमा स्थानीयद्वारा अवरुद्घ राजमार्ग सुचारू

मारुती सिमेन्ट कम्पनीको स्वीकार : हाम्रो उत्पादन कमसल र गुणस्तरहिन छ

मारुती सिमेन्ट कम्पनीको स्वीकार : हाम्रो उत्पादन कमसल र गुणस्तरहिन छ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.