ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नागरिकता सम्बन्धी कसुर मुद्दा : एमालेको दलबलसहित डाक्नेश्वरीकी उप मेयर जिल्ला प्रहरी कार्यालय हाजिर

नागरिकता सम्बन्धी कसुर मुद्दा : एमालेको दलबलसहित डाक्नेश्वरीकी उप मेयर जिल्ला प्रहरी कार्यालय हाजिर

Loading

राजविराज । नागरिकता सम्बन्धी कसुर मुद्दामा पक्राउ पूर्जी जारी भएपछि सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उप प्रमुख मीरा कुमारी यादव प्रहरी कार्यालयमा हाजिर भएका छन् ।
बुधबार दिउँसो उनी नेकपा एमालेका नेता÷कार्यकर्तासहित राजविराजस्थित जिल्ला प्रहरी कार्यालय, सप्तरीमा हाजिर भएका हुन् । पूर्व सांसद सरिता गिरीसहित नेकपा एमालेका जिल्लास्तरीय नेताहरु उप मेयर यादवलाई लिएर प्रहरी कार्यालय आएका हुन् ।
उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशपछि प्रहरीले गत आईतबार उप मेयर यादव र उनका पति महेन्द्र यादवबिरुद्ध नागरिकता सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता गरेपछि जिल्ला अदालतबाट मंगलबार पक्राउ पूर्जी जारी गरिएको छ ।
उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको दाबी गर्दै डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ निवासी कृष्णकुमार यादवले मुद्दा दायर गरेका थिए ।
भारतीय नागरिक मीरा नेपालको नागरिकता लिई उप प्रमुख समेत बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै कृष्णकुमारले यसअघि जिल्ला प्रशासन र प्रहरी कार्यालय धाउँदा समेत मुद्दा दर्ता गरिएको थिएन् ।
जिल्ला प्रहरी कार्यालयमा उप मेयर हाजिर भएपनि उनका पति भएनन् । उनी फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । उप मेयरलाई जिल्ला प्रहरी कार्यालयमा राखी अन्य अनुसन्धान शुरु गरिने प्रहरीले जनाएको छ ।
२०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा उनी नेकपा एमालेबाट उप मेयरमा निर्वाचित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बाढीले घर डुबानमा पर्दा पोर्ताहाका बासिन्दाले गरे राजमार्ग अवरुद्ध, प्रहरीले हवाई फायर र लाठी प्रहार गर्दै खुलाए

Next Post

थलहीमा सडक निर्माण : ग्राभेलको नाममा माटो हाल्दै

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
थलहीमा सडक निर्माण : ग्राभेलको नाममा माटो हाल्दै

थलहीमा सडक निर्माण : ग्राभेलको नाममा माटो हाल्दै

मावि खुरहुरिया : रजिष्टर अनुसार विद्यार्थी छैनन्, आउनेलाई पनि पढ्न लेख्न आउँदैन

मावि खुरहुरिया : रजिष्टर अनुसार विद्यार्थी छैनन्, आउनेलाई पनि पढ्न लेख्न आउँदैन

राजविराजकाे दुरावस्था : मरेको बाछी हटाइएन, फोहोर थुप्रिदैं

राजविराजकाे दुरावस्था : मरेको बाछी हटाइएन, फोहोर थुप्रिदैं

नेल्टा, सप्तरीमा नयाँ कार्यसमिति चयन

नेल्टा, सप्तरीमा नयाँ कार्यसमिति चयन

रुपनीमा ट्रकको ठक्करले बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अबरुद्ध 

रुपनीमा ट्रकको ठक्करले बालकको मृत्यु, स्थानीयद्वारा राजमार्ग अबरुद्ध 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.