ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बाढीले घर डुबानमा पर्दा पोर्ताहाका बासिन्दाले गरे राजमार्ग अवरुद्ध, प्रहरीले हवाई फायर र लाठी प्रहार गर्दै खुलाए

बाढीले घर डुबानमा पर्दा पोर्ताहाका बासिन्दाले गरे राजमार्ग अवरुद्ध, प्रहरीले हवाई फायर र लाठी प्रहार गर्दै खुलाए

Loading

गंगा प्रसाद साह

भारदह । बुधबारको अबिरल बर्षाका कारण महुली खोलाको बाँध भत्किएर वस्ती डुबानमा परेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

नगरपालिकाको वडा नम्बर ३ पोर्ताहामा बसोबास गर्दै आएका डोम समुदायको वस्ती नै डुबानमा परेपछि उनीहरुले पूर्व पश्चिम राजमार्ग अन्तर्गत महुली पुल छेउमा सडक अवरुद्ध गरेका हुन् । दिउँसो २ बजेदेखि सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर खुलाएको छ ।

सडक खुलाउने क्रममा प्रहरीले लाठी प्रहार गर्नुका साथै एक राउण्ड हवाई फायर गरेको छ । सटगनबाट एक राउण्ड हवाई फायर गरिएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डीएसपी दीपक रायल जानकारी दिए ।

प्रहरीले बल प्रयोग गरी दिउँसो ३ बजेदेखि सडक जाम खुलाएको छ ।

प्रहरीले बल प्रयोग गर्न खोज्दा प्रदर्शनकारीले पनि ढुँगा प्रहार गरेका थिए । तर, प्रहरीले लाठी चार्ज गर्दै जाम खुलाएका छन् ।

पोर्ताहा खण्डमा महुली खोलाको बाढीले प्रत्येक बर्ष वस्ती डुबाउने गर्दछ । खोला छेउमा एक दर्जन डोम परिवार घर बनाएर बस्दै आएका छन् । प्रत्येक बर्ष बाढीले आफूहरुलाई डुबाउने र राज्यले कुनै किसिमको ध्यान नदिएकाले आन्दोलनमा उत्रेका स्थानीय गुल्मी मरिकले बताए ।

महुली खोलाको बाँध भत्किएर आएको बाढीले नजिकैको झण्डै ५० बिघा जग्गा डुबानमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कृष्णकुमारको एक बर्षको दौडधूपको परिणाम : उपमेयरबिरुद्ध पक्राउ पूर्जी

Next Post

नागरिकता सम्बन्धी कसुर मुद्दा : एमालेको दलबलसहित डाक्नेश्वरीकी उप मेयर जिल्ला प्रहरी कार्यालय हाजिर

थलहीमा सडक निर्माण : ग्राभेलको नाममा माटो हाल्दै

थलहीमा सडक निर्माण : ग्राभेलको नाममा माटो हाल्दै

मावि खुरहुरिया : रजिष्टर अनुसार विद्यार्थी छैनन्, आउनेलाई पनि पढ्न लेख्न आउँदैन

मावि खुरहुरिया : रजिष्टर अनुसार विद्यार्थी छैनन्, आउनेलाई पनि पढ्न लेख्न आउँदैन

राजविराजकाे दुरावस्था : मरेको बाछी हटाइएन, फोहोर थुप्रिदैं

राजविराजकाे दुरावस्था : मरेको बाछी हटाइएन, फोहोर थुप्रिदैं

नेल्टा, सप्तरीमा नयाँ कार्यसमिति चयन

नेल्टा, सप्तरीमा नयाँ कार्यसमिति चयन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.