ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बजरंग छडलाई भारतीय कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड


बजरंग छडलाई भारतीय कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड

Loading

राजविराज । ‘बजरंग’ ब्रान्डमा टीएमटी छडको उत्पादन गरिरहेको सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एन्ड स्टिल कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाएको छ ।

कोलकातामा आयोजित कार्यक्रममा टाटा आइरन एन्ड स्टिलका प्रबन्ध निर्देशक आशिष अनुपमले स्वस्तिक रोलिङका निर्देशक रमेश राठीलाई बेस्ट भ्यालुड कस्टमर अवार्डले सम्मानित गरेका हुन् ।

सुनसरीको दुहबी नगरपालिकामा स्थापित स्वस्तिक रोलिङले १० महिनाअघि व्यवसायीक उत्पादन शुरु गरेको थियो । उद्योगले ‘बजरंग’ ब्रान्डमा टीएमटी छडका साथ एंगल, च्यानल र आई बिमको पनि उत्पादन गरिरहेको छ ।

एंगल, च्यानल र आई बिमको प्रयोग साना–ठुला सबै खाले घर बनाउन, घरमा ट्रस हाल्न, विद्युत् प्रसारण लाइनको टावर बनाउन, इन्टरनेट र रेडियोको टावर बनाउन, साना–ठुला सेड बनाउन लगायत विविध प्रयोजनमा गरिन्छ ।

यसरी स्वस्तिक रोलिङ मिल्स व्यावसायिक उत्पादनको एक वर्ष पनि नपुग्दै टाटा आइरन एन्ड स्टिलबाट अवार्ड लिन सफल भएको छ ।

टाटा स्टिल भारतको सबैभन्दा ठुलो र ब्रान्डेड फलाम उद्योग हो । यसले फलामका गुणस्तरीय मालवस्तु र कच्चा पदार्थको उत्पादन गर्दै आएको छ । यसका सबै उत्पादन भारतमा अन्य उद्योगका उत्पादनका तुलनामा गुणस्तरीय मानिन्छन् । स्वस्तिक रोलिङले बिलेट उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरन टाटा स्टिलबाटै आयात गरिरहेको छ । टाटा स्टिलको स्पन्ज आइरन संसारमै स्तरीय मानिन्छ ।

उद्योगका निर्देशक राठीले उद्योगबाट उत्पादन सुरु भएको एक वर्ष नपुग्दै टाटा स्टिलबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड पाउनु खुशी र गौरवको विषय भएको प्रतिक्रिया व्यक्त गरे ।

निर्देशक राठीले केही समययता उद्योगले टीएमटी छडको उत्पादन र बजारीकरणलाई प्राथमिकतामा राखेको र ७ देखि ४० एमएम सम्मका छडको उत्पादन गरिरहेको जानकारी दिए ।

उनले उद्योगका ‘बजरंग’ ब्रान्डका छडहरूको ग्रिपिङ उच्च स्तरको भएकाले यसले मसला बलियो गरी समात्न सक्ने स्पष्ट पारे ।

‘हामी गुणस्तरप्रति सधैँ सचेत छौँ’ राठीको भन्छन्, ‘छोटो समयमा हामीले अवार्ड पाउनुको कारण पनि यही हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नपढाइकनै फि लिने विद्यार्थीको गुनासोपछि सप्तऋषीमा आइपुगे पियूको टोली

Next Post

‘भूराजनीतिको भार’ को दोस्रो संस्करण आउँदै 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
‘भूराजनीतिको भार’ को दोस्रो संस्करण आउँदै 

‘भूराजनीतिको भार’ को दोस्रो संस्करण आउँदै 

सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

झुण्डिएको अवस्थामा महिला मृत भेटिइन

सुन्दरी खोलामा युवक मृत प्रकरण : मृतककै साथी पक्राउ

सुन्दरी खोलामा युवक मृत प्रकरण : मृतककै साथी पक्राउ

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

छिन्नमस्तामा महा गंगाआरती शुरू हुँदै

छिन्नमस्तामा महा गंगाआरती शुरू हुँदै

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.