ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

‘भूराजनीतिको भार’ को दोस्रो संस्करण आउँदै 


‘भूराजनीतिको भार’ को दोस्रो संस्करण आउँदै 

Loading

राजविराज । अनुभवी खोज पत्रकार बाबुराम विश्वकर्माद्धारा लिखित विदेश मामिला सम्बन्धी बहुचर्चित पुस्तक ‘भूराजनीतिको भार’ को दोस्रो संस्करण पनि आउने भएको छ ।

२० साउन २०८० मा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उक्त पुस्तकको पहिलो संस्करण बिमोचन गरेका थिए । उक्त पूस्तक सकिएपछि दोस्रो संस्करण छापिएको हो । दोस्रो संस्करणमा पहिलो संस्करणका तथ्यगत तथा भाषिक त्रुटि सच्याइएको छ ।

भूराजनीतिको भार प्रकाशन गरेको इन्डिगो इन्कका प्रमुख विष्णुकुमार पौडेलले भूराजनीतिको भार प्रति छोटो अवधिमा पाठक र शुभेच्छुकहरूले देखाएको माया र सद्भावप्रति धन्यवाद ज्ञापन गरेका छन् । दशैंको अवसरमा सबै पाठकले भूराजनीतिको भार को त्रुटिरहित दोस्रो संस्करण पढ्न पाउने उनले बताए ।

सरल भाषाशैलीमा देशको कोल्टे कूटनीति र विदेश सम्बन्धका गडबडी र विकृतिमाथि आलोचनात्मक समीक्षा गरिएको भूराजनीतिको भार मा पछिल्लो दशकमा नेपाली भूमिमा जारी शक्ति–राष्ट्र (चीन, भारत र अमेरिका) को तानातान र शक्ति–संघर्षको लेखाजोखा गरिएको छ । किताबमा चीनको बहुचर्चित बीआरआई, जीएसआई, रणनीतिक साझेदारी अनि नेपाली नेतृत्वको ढुलमुले प्रवृत्तिको तथ्यपरक विश्लेषण पढ्न पाइन्छ । त्यस्तै किताबमा अमेरिकाको एमसीसी, एसपीपी लगायत एजेण्डामा नेपालले झेलेको विदेशी दबाबको समेत विस्तृत समीक्षा गरिएको छ ।

यो पुस्तकमा चीनका राष्ट्रपति सी जिनपिङको दुईदिने नेपाल भ्रमण र नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनको अवस्था अध्ययन प्रस्तुत गरिएको छ ।

त्यस्तै, नेपालले झेलेका सीमा विवादको नालीबेली र मिडिया मार्फत अघि बढाएको भूराजनीतिक स्वार्थ र हस्तक्षेप लगायत विविधि मामिलामा चर्चा गरिएको छ । नेपालको विदेश सम्बन्धलाई आम नागरिकले बुझ्ने भाषामा लेखिएको उक्त ग्रन्थ भूराजनीतिक मामिलाका अध्येता र सरोकारवालाका लागि समेत उपयोगी छ ।

भूराजनीतिको भार का लेखक तथा स्वतन्त्र पत्रकार बाबुराम विश्वकर्माले देशको राष्ट्रिय स्वार्थलाई मुटुमा राखेर यो पुस्तक लेखेको बताए । ‘यसप्रति आम पाठक र शुभेच्छुकहरूले दर्शाएको माया र सद्भावले उत्साहित भएको छु’ उनले भने, ‘यस अवसरमा म आम पाठक र शुभेच्छुकलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।’

भूराजनीतिको भार का प्रत्येक अध्यायमा कार्टुनिष्ट रविन साय्मिका स्केच राखिएका छन् । यो पुस्तकमा देशले पछिल्लो दशकमा सामना गरेका पेचिला भूराजनीतिक मुद्दाको आलोचनात्मक अध्ययन प्रस्तुत गरिएको छ । पुस्तकको मोटो गाताको मूल्य रु.७९९ र साधारण गाताको रु.५९९ रहेको छ । पुस्तक प्रकाशन तथा बिक्री–वितरण विगत दुई दशकदेखि किताब प्रकाशनमा सक्रिय इन्डिगो इन्क प्रकाशन प्रालिले गरेको छ । इन्डिगो इन्कका अनुसार भूराजनीतिको भार अनलाइन माध्यम र प्रमुख किताब पसलहरूबाट खरिद गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बजरंग छडलाई भारतीय कम्पनीबाट बेस्ट भ्यालुड कस्टमर अवार्ड

Next Post

झुण्डिएको अवस्थामा महिला मृत भेटिइन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा आत्महत्या : २ महिनामा २२ र ३८ महिनामा ३७१ ले लिए आफ्नै ज्यान

झुण्डिएको अवस्थामा महिला मृत भेटिइन

सुन्दरी खोलामा युवक मृत प्रकरण : मृतककै साथी पक्राउ

सुन्दरी खोलामा युवक मृत प्रकरण : मृतककै साथी पक्राउ

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

छिन्नमस्तामा महा गंगाआरती शुरू हुँदै

छिन्नमस्तामा महा गंगाआरती शुरू हुँदै

शम्भुनाथ नगरपालिकाका मेयर गुप्ता पनि निलम्बित

शम्भुनाथका मेयर गुप्ता भ्रष्टाचारी ठहर, ६ महिना कैद

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.