राजविराज । सप्तरी प्रहरीले श्रोत खुल्न नसकेको झन्डै ११ लाख रकमसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ३ बस्ने ३९ बर्षका जयप्रकाश यादव रहेको प्रहरीले जनाएको छ ।
आइतबार राति ०९:०० बजेको समयमा मधेश प्रदेश २-०१-००१ प ०७०८ नम्बरको मोटरसाईकलमा सबार उनलाई छिन्नमस्ता गापा.वडा नं.०३ स्थित बिष्णुपुर-सखडा नहर सडक खण्डबाट पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुन्डीराज नेउपानेले जानकारी दिए ।
विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा यादवले मोटरसाईकलको सिट कभर भित्र लुकाई छिपाई राखेको अवस्थामा श्रोत नखुलेको नेपाली रकम रु. १० लाख ९८ हजार बरामद भएको उनलेे बताए ।
रकम र माेटरसाइकलसहित यादवलाई नियन्त्रणमा लिइ थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।