ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना सम्बन्धी तालिम शुरु

खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना सम्बन्धी तालिम शुरु

Loading

राजविराज । खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना तर्जुमा सम्बन्धी तीन दिने तालिम सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा शुरु भएको छ ।

विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) को प्राविधिक सहयोगमा राष्ट्रिय योजना आयोग र हनुमाननगर कंकालिनी नगरपालिकाको संयुक्त आयोजनामा मंगलबारदेखि यो तीन दिने तालिमको आयोजना गरिएको हो ।

तालिमको एक कार्यक्रमकाबीच राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउतले उद्घाटन गरे । त्यस अवसरमा बोल्दै उनले देशमा खाद्य संकट आइसकेकाले यसको निराकरणका लागि योजना आयोगले नै रोडम्याप बनाएर यो कार्यक्रम ल्याएको बताए ।

उनले सातै प्रदेशको एक÷एक पालिकामा अहिले यो कार्यक्रम ल्याइएको बताउँदै पछि सबै प्रदेशमा विस्तार गरिने बताए । मधेश प्रदेशमा हनुमाननगर कंकालिनी नगरपालिकामा यो कार्यक्रम आएको छ’ उनले भने, ‘खाद्य संकटको निराकरणका लागि योजना बनाएर कार्यान्वयन गरिनेछ ।’

कार्यक्रममा प्रदेश सभा सदस्य सकील अलीले बर्तमान समयमा खेतीतर्फ युवाको आकर्षण घट्दै गएका कारण खाद्य संकट आएको चर्चा गर्दै अन्न उत्पादनमा राज्यले गम्भीर तरिकाले ध्यान दिई युवाहरुलाई प्रोत्साहित गर्नुपर्ने बताए ।

नगरपालिकाका प्रमुख बिरेन्द्र माझीको अध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख सरिता सिपलिया यादव, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तालिममा राष्ट्रिय योजना आयोगबाट आएकाचन्द्र थापा, महेश खरेल र पुष्प श्रेष्ठले तालिम दिने नगरपालिकाका सूचना अधिकारी अमित पाठकले जानकारी दिए ।

उनका अनुसार खाद्य अधिकार र खाद्य प्रणालीबारे तालिमपछि योजना बनाइनेछ ।

तालिममा नगरपालिकाका जनप्रतिनिधीसहित कर्मचारी, किसानको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जसपाको सल्लाहकार समितिमा सप्तरीका शैलेश चौधरी मनोनित

Next Post

पत्रकार कुट्नेले स्वीकारे गल्ती, जनमतले गर्ने कार्वाही

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
पत्रकार कुट्नेले स्वीकारे गल्ती, जनमतले गर्ने कार्वाही

पत्रकार कुट्नेले स्वीकारे गल्ती, जनमतले गर्ने कार्वाही

कर्जाको साँवा र व्याजकाे किस्ता बुझाउने समय २०८२ असार मसान्तसम्म कायम गराउन आग्रह 

कर्जाको साँवा र व्याजकाे किस्ता बुझाउने समय २०८२ असार मसान्तसम्म कायम गराउन आग्रह 

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको आन्दोलन : अनसनकारी पर्न थाले बिरामी

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको आन्दोलन : अनसनकारी पर्न थाले बिरामी

ओमानबिरुद्धको खेलका हिरो विवेका पिता भन्छन्, ‘व्याटिङमा छोरालाई धेरै पछि ल्याएर देश हार्यो’

ओमानबिरुद्धको खेलका हिरो विवेका पिता भन्छन्, ‘व्याटिङमा छोरालाई धेरै पछि ल्याएर देश हार्यो’

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

नेपाल टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा छनौट

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.