ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 23, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रामराजा प्रतिष्ठान र राजनीति


रामराजा प्रतिष्ठान र राजनीति

रामराजा प्रतिष्ठान र राजनीति

Loading

 

रामराजा प्रतिष्ठान र राजनीति

जितेन्द्र झा-राजविराज

नेपालमा त्रिभुवन विश्व विद्यालय स्थापना अघि नै राजविराजमा महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस थिए । कानुन र मानविकि संकायको अध्ययनका लागि मुलुकमै चिनिएको क्याम्पस हो यो । कुनै वेला यहाँ खोटांग, ओखलढुंगा, सोलु सम्मका विद्यार्थिहरु ठुलो संख्यामा पढन आउने गथ्र्यौ । भन्नुको तात्पर्य राजविराज शुरुदेखि नै शिक्षाको हब जस्तै थियो । यद्यपी मेडिकल कलेजको सपना सप्तरीको लागि अझै साकार हुने सम्भावना देखिएको छैन । स्थानीयहरु कयौ सातादेखि अनशनमा छन्, युवाहरु आन्दोलित छन्, फेसबुक तरंगित छन् । तर, सिंहदरबारसम्म यस तरंगको ध्वनी अझै पुग्न सकेको दैखिदैन ।

रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापनामा जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष तथा तात्कालिन सप्तरी निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवको ठुलो योगदान छ । २०७४ सालमा सप्तरीवाट चुनाव लडन् आउँदा प्रचार प्रसारकै क्रममा सप्तरीवासीको पुरानो सपनालाई उनले पुर्नजिवित पारेका थिए । राजविराजमा मेडिकल कलेज स्थापना गर्ने प्रतिवद्धता यादवले आफ्नो चुनावी घर दैलोमै गरेका थिए । निर्वाचित भए लगत्तै केपी शर्मा ओलीको सरकारमा उनी स्वास्थ्य मन्त्री भए । सोहि वेलाको सरकारले राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णाय गरेको थियो ।

प्रतिष्ठानको इतिहाससँगै उपेन्द्र यादवको नाम पनि सधै जोडिरहिनेछन् । तर, प्रतिष्ठान ठप्प भयो भने त्यतिकै अपजसको पनि भागिदार बन्नुपर्ने हुन्छ उनलाई । उनी मन्त्री रहेकावेला स्थापना गरिएको प्रतिष्ठान वर्तमान सरकारका कारण अन्यौलग्रस्त अवस्थामा पुगेको छ । जुन सरकारमा उनी नेतृत्वको जनता समाजवादी पार्टी पनि सहभागि छन् । वर्तमान सरकार साच्चिकै उदासिन छन् भने जसपा खुलेर संघर्षमा किन आउँदैन ?

‘सप्तरी–२ वाट चुनाव हारेको रिसमा उपेन्द्र यादवले प्रतिष्ठान जोगाउन ध्यान दिएन’ भन्ने तर्क गर्नेहरु पनि हुन्छन् । सपना टुटे पछि आक्रोशित आम मनले पनि यस्ता कुराहरु गर्न सक्छन् । उसोपनि उनी सप्तरीवाट पराजित भएयता सप्तरीमा खासै ठुलो योजना समेत आएको अवस्था छैन । पछिल्लो सरकारहरुको तुलनामा संघ देखि प्रदेस सम्मका सरकारहरुमा पनि सप्तरीको सहभागिता शून्य नै छन् । पार्टीदेखि सरकार सम्मामा सप्तरीको अवस्था चर्चाकै विषय बनेको छ ।

सरकारी योजना तथा निर्णायहरुमा सप्तरीलाई वाईपास गर्ने काम भईरहेको भन्दै जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवम् सप्तरी–२वाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा. सिके राउत प्रतिनिधिसभा वैठकमा गुनासो पनि पोखेका थिए । संसदमा बौल्दै डा. राउतले ‘कसलाई खुशी पार्न सप्तरीलाई बायकट गरिएको छ, कुन प्रतिशोधको बदलता लिइँदैछ सप्तरी सँग ?’ भनि प्रश्नै गरेका थिए ।

वर्तमान सरकारमा डा. राउत नेतृत्वको जनमत पार्टी पनि सहभागि छन् । शत्ता गठबन्धनका एक जना नेता डा. राउत पनि हुन् । प्रतिष्ठानको सन्दर्भमा जुन रुपमा आवाज उठाउनुपर्ने हो त्यो नगरि प्रचारमुखि वन्न खोजेको आरोप जनमत माथि पनि लागि रहेको अवस्था छ । ‘प्रतिष्ठानसँग उपेन्द्र यादवको पहिचान जोडिएको र प्रतिष्ठान भईदिए उपेन्द्र यादव स्थापित हुने सोचका कारण डा. राउतले प्रतिष्ठानको सबालमा दोहरो चरित्र देखाएको’ भनि आरोप राउत माथि किन लाग्दैन ? किनभने यसअघि पनि यस्ता दृष्टान्तहरु देखेका छन् सप्तरीले ।

गजेन्द्र नारायण सिंह सप्तरी–२ बाट सांसद रहेका वेला यहाँ औद्योगिक क्षेत्र स्थापना गरिएको थियो । अहिलेको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र त्यतिवेलै स्थापना गरिएको हो । सप्तरीको तिलाठी र भारत बिहारको कुनौली बजारलाई जोडन बेल्ही भन्सार स्थित खाँडो नदीमा मितेरी पुल बनाउने योजना त्यतिवेलै संसद सम्ममा बहस भएको बताईन्छ । तर गजेन्द्र नारायण सिंह पराजित भएसँगै ती योजनाहरु पनि हरायो । औद्योगीक क्षेत्रको अवस्था पनि कसैवाट लुकेको छैन ।

माओवादी नेता उमेशकुमार यादव सप्तरी–२ वाट निर्वाचित भई सिंचाई मन्त्री रहेको बेला खाँडो नदीलाई नियन्त्रीत गर्न खाँडो नदी नियन्त्रण आयोजना कार्यालय नै राजविराजमा स्थापना गरिएको थियो । बर्षैनी क्षति पु¥याउने यस नदीको नियन्त्रण हेर्ने छुट्टै कार्यालय उमेश यादवकै पालामा पहिलो पटक स्थापना गरिएको हो । खाँडो नदीलाई नियन्त्रण गर्नुका साथै नदीको दुवै तर्फको बाँध हुँदै दशगज्जादेखि चुरेसम्म सडक समेत विस्तार गर्ने लक्ष्यका साथ उक्त आयोजना कार्यालय स्थापना गरिएको थियो । तर, अब कार्यालय दुई भागमा बाँडिएर एक भाग उदयपुर पुगेको छ । बाँकि बचेको कार्यालय पनि कहिले बन्द हुने हो ठेगान छैन ।

सप्तरी–२ को पुरानो राजनीतिक परम्परालाई डा. राउतले पनि निरन्तरता दिन खोजेका रहेछन कि ? नभए रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि डा. सिके राउत र उनको पार्टी खुलेर संघर्षमा आउने हैन र ? मात्र समस्या उठाएर हुदैन सरकारमा सहभागि भएपछि समाधानको उपयाय पनि खोज्नु प¥यो नी जनमतलाई ?

रामराजा प्रसाद सिंहलाई पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादीले गणतन्त्र नेपालको प्रथम राष्ट्रपति पदका उम्मेदवार वनाएका थिए । प्रतिष्ठान स्थापनाका वेला पनि शत्तारुढ नेकपाका अध्यक्ष प्रचण्ड नै थिए । रामराजा प्रसाद सिंहको नाममा प्रतिष्ठान स्थापना गर्ने ओली नेतृत्व सरकारको निर्णायमा प्रचण्डको ठुलो भुमिका रहेको प्रचार गर्ने माओवादी नेता कार्यकर्ताको जमात पनि सानो छैन । तर, त्यस्तो हो भने प्रचण्ड प्रधानमन्त्री रहेका वेला प्रतिष्ठान अलपत्र अवस्थामा पुग्नुको कारण के होला त ? आफ्ना ‘राजनीतिक गुरु’को नाम र सम्मानका लागि भएपनि प्रतिष्ठानको वारेमा सकारात्मक पहल कदमि लिने दायित्यबोध प्रधानमन्त्री प्रचण्डले पक्कै पनि गर्नसक्नु पर्छ ।

केपी ओली नेतृत्वको सरकारले प्रतिष्ठान स्थापनाको निर्णाय गरेका थिए । प्रतिष्ठानको भर्चुअल शिलान्यास प्रधानमन्त्री ओलीले नै पनि गरेका थिए । आफु सरकारमा हुँदा प्रतिष्ठान प्रति सक्दो सकारात्कम रवैया अपनाएको एमालेको दावीलाई नकार्न सक्ने अवस्था पनि छैन । यद्यपी ओली अहिलेपनि नेता प्रतिपक्ष हुन र नेकपा एमाले प्रमुख प्रतिपक्षी दल । प्रधानमन्त्रीको रुपमा आफैले शिलान्यास गरेको योजना अलपत्र छन, आमजन आन्दोलित रहेको अवस्था छ । के यस्तो वेला पूर्व प्रधानमन्त्री ओली र उनी नेतृत्वको एमालेले आवाज उठाउनु पर्ने हैन ? सप्तरीको मलेठ घटना केपी ओली र एमालेका लागि एउटा कलंकित अध्याय हो । इतिहासमा यसको प्रभावलाई कमजोर पार्नका लागि ओलीले शिलान्यास गरेको रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुर्णता र सञ्चालन उनिहरुकालागि एउटा अवसर हुने थियो ।

ओली पश्चात लामो समयसम्म रहेको नेपाली काँग्रेस नेतृत्वको सरकारले यस प्रतिष्ठान माथि यथेष्ठ ध्यान दिन सकेन जसको परिणाम अहिले देखिएको छ । हालको सरकारमा पनि नेपाली काँग्रेस सबभन्दा ठुलो घटक हो । यद्यपी तराई मधेससँग आफ्नो पुरानो इतिहासको बखान गर्न नथाक्ने गरेका काँग्रेसीजनको रवैया पनि आशंकाकै दायरामा रहने गरेको देखिन्छ ।

रामराजा प्रसाद सिंह गणतन्त्र नेपालको पहिलो राष्ट्रपति भईरहँदा काँग्रेसकै कारण सप्तरी ऐतिहासिक अवसरवाट चुकेको आरोप काँग्रेस उपर लाग्ने गरेको छ । तीनै गणतन्त्रवादी नेताको नाममा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानको विफलताको आरोप पनि नेपाली काँग्रेस माथि लाग्दैन, त्यसको आधार के ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्वारा हस्ताक्षर अभियान शुरु 

Next Post

युवाहरुको आन्दोलनमा कावा मेयरको ऐक्यबद्धता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
युवाहरुको आन्दोलनमा कावा मेयरको ऐक्यबद्धता

युवाहरुको आन्दोलनमा कावा मेयरको ऐक्यबद्धता

युवाहरुको आन्दोलनमा तन, मन र धनले सहयोग गर्न तयार छु : पूर्व मेयर शम्भु

युवाहरुको आन्दोलनमा तन, मन र धनले सहयोग गर्न तयार छु : पूर्व मेयर शम्भु

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : शून्य दशमलव ३५ एमजी ब्राउन सुगरसहित एक जना पक्राउ 

वडा सदस्यको अल्पआयुमै निधन, राजविराजमा शोक विदा

वडा सदस्यको अल्पआयुमै निधन, राजविराजमा शोक विदा

नेविसंघद्वारा ड्युटी समयमा चिकित्सक अनुपस्थित रहनुकाे कारण माग

नेविसंघद्वारा ड्युटी समयमा चिकित्सक अनुपस्थित रहनुकाे कारण माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

“विद्यालय स्वास्थ्य तथा पोषण सप्ताह’ भव्य रूपमा सम्पन्न”

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

अदालतको आदेश विपरित विद्यालय संचालन नगर्न आग्रह

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...