ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कांग्रेसीको महामन्त्री समक्ष गुनासो–गुमिसकेको शाखलाई फिर्ता ल्याउन ढिलो हुँदैछ

कांग्रेसीको महामन्त्री समक्ष गुनासो–गुमिसकेको शाखलाई फिर्ता ल्याउन ढिलो हुँदैछ

Loading

राजविराज । नेपाली कांग्रेस, सप्तरीका कार्यकर्ताहरुले पार्टीको शाख गुमिसकेको बताएका छन् । उनीहरुले गुमेको शाख फिर्ता ल्याउन दूरदर्शी, ऐतिहासिक र परिणाममुखी कदम चाल्न ढिलो भइसकेको भन्दै महामन्त्री गगन थापाको ध्यानाकर्षण गराएका छन् ।

समुदायमा नेपाली कांग्रेस अभियान अन्तर्गत सप्तरी आएका महामन्त्री थापालाई क्षेत्र न्म्बर ४ का नेता/कार्यकर्ताले ज्ञापन बुझाउँदै उक्त ध्यानाकर्षण गराएका हुन् । नेपाली कांग्रेसका नेता÷कार्यकर्ताले भ्रष्टाचारका बिषयमा गम्भीर भई यसलाई जराबाटै समाप्त गरी सुशासन कायम गर्न नसकेको हुँदा यो पार्टी आम जनता समक्ष घृणाको शिकार भइरहेको ज्ञापनमा उल्लेख गरिएको छ ।

ज्ञापनमा सरकारको मन्त्रीपरिषद्, संवैधानिक, राजदूत नियुक्ति लगायत संसदीय तथा राष्ट्रिय सभाको चुनावमा मधेशी, आदिवासी, जनजाती, थारु, दलित, मुश्लिम र पिछडिएको वर्गलाई कांग्रेसले किन भेदभाव गरेको भनी प्रश्न गरिएको छ ।

ज्ञापनमा कांग्रेसले लोकतान्त्रिक गणतन्त्र व्यवस्था अनुरुप बाहुनवाद तथा एउटै जातको एकाधिकारको अन्त्य गर्नुपर्ने, तराई मधेशलाई भोट बैंकको रुपमा लिएकाले त्यस अनुरुप पार्टीमा नेता÷कार्यकर्तालाई उचित जिम्मेबारी दिनुपर्ने माग गरिएको छ ।

यस्तै, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस, बिडिएस लगायत अन्य कार्यक्रमको अध्ययन अध्यापन गराउन नेपाल सरकारलाई कानुनी व्यवस्था मिलाउन तत्काल ऐन जारी गर्नुपर्ने, गजेन्द्रनारायण सिंह अस्पताललाई राष्ट्रियस्तरको अस्पतालमा परिणत गरी गुणस्तरीय सेवा र सुविधा दिनुपर्ने, सप्तरीको उत्तरी क्षेत्रबाट सप्तकोशी–कमला डाइभसैन निर्माण गर्नुपर्नेसहितका माग ज्ञापनमा गरिएको छ ।

क्षेत्र न्म्बर ४ का नेता/कार्यकर्ताको तर्फबाट प्रतिनिधी सभा सदस्य तेजुलाल चौधरीले महामन्त्री थापालाई बोदे बर्साइन नगरपालिकामा ज्ञापन बुझाएका थिए ।

ज्ञापन बुझ्दै महामन्त्री थापाले मागहरुलाई सकारात्मक रुपमा लिएको र पूरा गराउन आफूले पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अब बन्ने नयाँ मन्त्रीमण्डलमा मधेशको प्रतिनिधित्व हुन्छ : गगन थापा

Next Post

सप्तरी : चाेरीमा संलग्न भएकाहरू पेस्तोल र गाँजासहित पक्राउ 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी : चाेरीमा संलग्न भएकाहरू पेस्तोल र गाँजासहित पक्राउ 

सप्तरी : चाेरीमा संलग्न भएकाहरू पेस्तोल र गाँजासहित पक्राउ 

‘शहीद दिवसको विदा कटौति गर्नु खेदजनक’

‘शहीद दिवसको विदा कटौति गर्नु खेदजनक’

सरकारको नेतृत्वकर्ता नै कमिसनमा लिप्त भएपछि सरकार छाड्यौं : निबर्तमान मन्त्री

सरकारको नेतृत्वकर्ता नै कमिसनमा लिप्त भएपछि सरकार छाड्यौं : निबर्तमान मन्त्री

एकै परिवारका दाजुभाई : न सुन्छन् न बोल्छन्, सहयोगको आग्रह

एकै परिवारका दाजुभाई : न सुन्छन् न बोल्छन्, सहयोगको आग्रह

जनप्रतिनिधि ले झुक्याई सरकारी कागजमा हस्ताक्षर गराएको मिटर ब्याजी पीडितको आरोप

जनप्रतिनिधि ले झुक्याई सरकारी कागजमा हस्ताक्षर गराएको मिटर ब्याजी पीडितको आरोप

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.