ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी : चाेरीमा संलग्न भएकाहरू पेस्तोल र गाँजासहित पक्राउ 

सप्तरी : चाेरीमा संलग्न भएकाहरू पेस्तोल र गाँजासहित पक्राउ 

Loading

राजविराज । सप्तरी सदरमुकाम राजविराजमा मोटरसाइकल चोरी गर्ने दुई जना समातिएका छन् । पक्राउ पर्नेमा सप्‍तरीको महदेवा गा.पा. १ ढिकली घर भई हाल राजविराज न.पा. ०१ राजदेवी टोल बस्ने २६ बर्षका सुमित मण्डल र भारतको बिहार राज्य अन्तर्गत मधुवनी ग्राम पन्चायत फुलपरास विसनपुर सिसवा वरही वडा नं. ५ बस्ने २७ बर्षका रणवीर यादव छन् ।

सुमित लोड गरिएको कटुवा पेस्तोल र रणबीर लागू औषध गाँजासहित समातिएको प्रहरीले जनाएको छ ।

गत १२ माघको राति गते राजविराज न.पा. ६ स्थित सानिमा बैंक अगाडीबाट पार्किङ गरी राखेको प्र. २-०१-००१ प ८६१४ नम्बरको १६० सिसिको अपाचे मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न व्यक्तिहरुलाई खोजतलास एवं प्राबिधिक अनुसन्धान गर्ने सिलसिलामा मिति १५ माघमा राजविराज नपा ६ पुरानो बस पार्कबाट प्रदेश ०६-००१ प ०७५७ नम्बरको मोटरसाईकलमा आउदै गरेका मण्डल समातिएकाे सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी ढुन्डीराज नेउपानेले बताए । उनको शरीर तलासी लिँदा निजले लगाएको ज्याकेटको खल्तीमा लोड गरिएको अबस्थामा कटुवा पेस्तोल थान-१ र ऐ.मा लाग्ने  ८ एमएम लेखिएको गोली थान-१ फेला परेको उनले बताए ।

पेस्तोल र गोली बरामद गरी नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा निजले मोटरसाईकल आफुसहित रनबीर मिलेर चोरी गरेको र भारतमा लगी बेचेको बताएको नेउपानेले जनाए ।

उनको बयानका आधारमा यादवको खोजतलास गर्दा १५ माघमै उनलाई BR 32 AT 0139 नम्बरको मोटरसाईकलमा पछाडी भारतमै बस्ने विभस यादवलाई बसाई आउदै गरेको अबस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ ।

पक्राउ परेकाहरुको शरीर तलासी लिँदा मोटरसाईकलमा पछाडी बसेका विभस यादवको साथबाट लागु औषध गाँजा ६०२ ग्राम फेला परेको प्रहरीको भनाई छ ।

उनीहरूविरुद्ध हातहतियार खरखजाना, लागूऔषध र चोरी सम्बन्धी मुद्दामा मा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कांग्रेसीको महामन्त्री समक्ष गुनासो–गुमिसकेको शाखलाई फिर्ता ल्याउन ढिलो हुँदैछ

Next Post

‘शहीद दिवसको विदा कटौति गर्नु खेदजनक’

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
‘शहीद दिवसको विदा कटौति गर्नु खेदजनक’

‘शहीद दिवसको विदा कटौति गर्नु खेदजनक’

सरकारको नेतृत्वकर्ता नै कमिसनमा लिप्त भएपछि सरकार छाड्यौं : निबर्तमान मन्त्री

सरकारको नेतृत्वकर्ता नै कमिसनमा लिप्त भएपछि सरकार छाड्यौं : निबर्तमान मन्त्री

एकै परिवारका दाजुभाई : न सुन्छन् न बोल्छन्, सहयोगको आग्रह

एकै परिवारका दाजुभाई : न सुन्छन् न बोल्छन्, सहयोगको आग्रह

जनप्रतिनिधि ले झुक्याई सरकारी कागजमा हस्ताक्षर गराएको मिटर ब्याजी पीडितको आरोप

जनप्रतिनिधि ले झुक्याई सरकारी कागजमा हस्ताक्षर गराएको मिटर ब्याजी पीडितको आरोप

सप्तरी : हरिणको ताजा मासु र हतियारसहित एक व्यक्ति पक्राउ

सप्तरी : हरिणको ताजा मासु र हतियारसहित एक व्यक्ति पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.