राजविराज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले जसपाको संगठन निर्माणमा ध्यान दिन कार्यकर्तालाई आग्रह गर्दै प्रदेश सरकारबाट हुने सहयोग गर्न तयार रहेको बताएका छन् ।
जसपाद्वारा शनिबार सप्तरीको बोदे बर्साइन नगरपालिकामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । ‘पार्टीको संगठन निर्माणमा ध्यान दिनुस’ उनले भने, ‘प्रदेश सरकारबाट सहयोग चाहिए म सिधै सम्पर्कमा छु । मलाई पनि जहाँ आउनुपर्छ आउँछु ।’
उनले प्रदेशमा जसपालाई एकल सरकार बनाउनका निम्ति सबैले काम गर्नुपर्ने बताए । ‘प्रदेशमा सरकार बनाउन ५४ सिट चाहिन्छ’ उनले भने, ‘कम्तीमा ४० सिट प्रत्यक्ष जिताउन लाग्नुस । १५ वटा समानुपातिकबाट आइहाल्छ ।’
उनले जसपाको एक्लै सरकार बनेपछि राम्रो काम गर्न सकिने बताए ।