राजविराज । व्याड्मिन्टन संघ, सप्तरीको नयाँ कार्यसमिति गठन भएको छ ।
संघको शनिबार सम्पन्न साधारणसभाले सप्तकोशी नगरपालिकाका दीपक कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । वरिष्ठ उपाध्यक्षमा सप्तकोशी नगरपालिकाकै दीपक दीपक कुमार खड्का चयन भएका छन् ।
उपाध्यक्षमा सुरुङा नगरपालिकाका दीपेश कुमार चौधरी, हनुमाननगर कंकालिनी नगरपालिकाका सुशिल कुमार मण्डल र सप्तकोशी नगरपालिकाका खगेन्द्र कार्की छनौट भएका छन् ।
सचिवमा राजविराज नगरपालिकाका बिष्णु कुमार यादव, सह सचिवमा खडक नगरपालिकाका रजाउल हक र कोषाध्यक्षमा राजविराज नगरपालिकाकै प्रमिला परियारलाई चयन गरिएको छ ।
छिन्नमस्ता गाउँपालिकाका निरन्जन यादव, राजगढ गाउृँपालिकाका मदन यादव, डाक्नेश्वरी नगरपालिकाका रबीकृष्ण राउत, शम्भुनाथ नगरपालिकाका योगेन्द्र प्रसाद चौधरी, रुपनी गाउँपालिकाका किशोर चौधरी, सप्तकोशी नगरपालिकाका सलिना राउत र नवराज खत्रीलाई सदस्यमा चयन गरिएको छ ।
सर्वसम्मतले समिति चयन गरिएको निर्वाचन समितिका सदस्य मोहन यादवले जानकारी दिए ।