ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हारेपनि नथाकेका बिक्की : आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि कृयाशिल


हारेपनि नथाकेका बिक्की : आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि कृयाशिल

Loading

राजविराज । बिक्की अर्थात् विदेश्वर यादव । सप्तरीको मात्र नभई मधेश प्रदेशको चर्चित नाम हो, यो । सप्तर क्षेत्र नम्बर ३ को ‘ख’ बाट २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए उनी । उनै बिक्की २०७९ सालको निर्वाचनमा भने यो क्षेत्रबाट ४८ मतले प्रदेश सभा सदस्य पदमै पराजित भए ।

निर्वाचनमा पराजित भएपनि आफ्नो क्षेत्रका जनताका लागि काम गर्न अहिले पनि कृयाशिल देखिएका छन् उनी । आफ्नो निर्वाचन क्षेत्रको सडक, पुल निर्माण गराउनेदेखि जनताको हरेक सुखदुःखमा सहयोगीको भूमिका निर्वाह गर्दै आएका उनी चालू आ.ब. २०८०÷८१ मा पनि यो क्षेत्रको विकासका लागि बजेट ल्याउन पहलकदमी लिएका छन् ।

निर्वाचनमा पराजित भएपछि हतोत्साहित हुन्छन् कतिपय उम्मेदबार । तर, उनले प्रदेश सरकारसँग निरन्तर समन्वय गरी आफ्नो क्षेत्रका लागि बजेट ल्याएका छन् । चालू आ.ब. २०८०÷८१ मै उनले एक दर्जनभन्दा बढी योजना प्रदेश सरकार मार्फत् ल्याएका छन् । उनले ल्याएका अधिकांस योजना भने कार्यान्वयनमा गइसकेको छ ।

सडक निर्माण, सामुदायिक भवन निर्माण, नदी नियन्त्रणसहितका लागि बजेट ल्याउन पहल गरेको उनी बताउँछन् । ‘म झिनो मत अन्तरले पराजित भएँ । तर पराजित भएपनि हारेको छैन्’ उनी भन्छन्, ‘म यो क्षेत्र र यहाँका जनताका लागि सदैब कृयाशिल रहनेछु ।’

के छ उनले ल्याएका योजना ?

निबर्तमान प्रदेश सभा सांसद यादवले प्रदेश सभा निर्वाचन क्षेत्रको बिभिन्न ठाउँका लागि बिभिन्न योजना आफ्नै पहलमा ल्याएका छन् । सबै योजना प्रदेश सरकारबाट समन्वय गरी ल्याएको उनी बताउँछन् ।

राजगढ गाउँपालिका ३ मा आरसिसी सडक ढलानका लागि रु २५ लाख, सोही गाउँपालिकाको वडा नम्बर ६ इनर्वा गाउँमा सामुदायिक भवन निर्माणका लागि रु २५ लाख बजेट उनको पहलमा आएको छ । यादव दुबै योजनाको शिलान्यास भइसकेको र काम पनि अघि बढिसकेको बताउँछन् ।

डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर ५ र ६ मा आरसीसी ढलान, वडा नम्बर ६ मा सामुदायिक भवन निर्माणको योजना आफूले ल्याएको उनी बताउँछन् ।

राजगढ गाउँपालिकाको ४ जमुवा चोकदेखि नर्घाे हुँदै झौहरा चोकसम्मको ५ किलोमिटर कालोपत्रे तथा ढलान सडक निर्माणलाई यस पटक पनि निरन्तरता दिइएको छ भने डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर १० हुलाकी सडकदेखि बनौला हुँदै भारतीय सीमासम्मको कालोपत्र सडक निर्माणको कामलाई यस पटिक निरन्तरता दिइएको छ । यादवले यो कालोपत्रे संघीय सरकारको सहयोगमा निर्माण हुने बताए ।

उनी डाक्नेश्वरी १ मा बर्थिङ सेन्टर निर्माणका लागि प्रदेश सरकारबाट रु २५ लाखको बजेट विनियोजन गराएका छन् ।

पूर्व प्रदेश सभांसद यादवले नदी तटबन्ध निर्माण र सिंचाईतर्फ पनि आफ्नो ध्यान केन्द्रीत गरेका छन् । डाक्नेश्वरी ५ मा पक्की पैनी निर्माणका लागि रु २० लाख, वडा नम्बर ६ को खडक तटबन्ध निर्माणका लागि रु २० लाख बजेटको जोहो गराइदिएका छन् ।

गत आ.ब.देखि शुरु भएको र बजेट अभावमा पूरा हुन नसकेको कामलाई पनि आफूले प्राथमिकतामा राखेर अघि बढाइएको उनी बताउँछन् । डाक्नेश्वरी नपास्थित बनहार सिंचाई योजना, खडक पाँची सिंचाई योजना, सिसुवा नदी सिचाई योजना, हकराहा नदी सिंचाई योजना, कजरा सिंचाई योजना, मुतनी सिंचाई योजनालाई निरन्तरता दिइएको उनले बताए ।

यस्तै, राजगढ गाउँपालिका ४ स्थित मुतनी सिंचाई योजना, डाक्नेश्वरी ४ भुतहीस्थित खडक नदीको तटबन्ध निर्माणलाई पनि यस पटक निरन्तरता दिइएको उनले बताए ।

‘ल्याइएका योजनामा कुनै लोभ, लालच नराखी इमान्दारीूर्वक काम गराइरहेका छौं’ यादव भन्छन्, ‘विकासका लागि राजनीति नगरी अघि बढिरहेको छु ।’

विकाससँगै छुवाछुत हटाउने प्रयास

निबर्तमान प्रदेश सभा सदस्य यादव बजेट मात्रै ल्याएका छैनन् जातीय छुवाछुत हटाउन पनि प्रयत्नशिल देखिएका छन् । विकास सँगसँगै छुवाछुतको पनि अन्त्य होस् भन्ने चाहना राखेर काम अघि बढाइएको बताउँछन् उनी ।

डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ औरहीमा निर्माण हुन लागेको आरसीसी सडक ढलानको शिलान्यास डोम समुदायबाट गराए । मधेशमा अत्यन्तै पछि परेका डोम समुदायका राजेन्द्र लाल मरिकबाट यो सडक शिलान्यास गरे । मरिकले नै पूजापाठ समेत गरेका थिए ।

यसले जातीय छुवाछुतको अन्त्य हुने विश्वास छ’ उनी भन्छन्, ‘विकास सँगसँगै छुवाछुतजस्ता कुरीतिहरु हटेपछि सभ्य समाजको स्थापना हुन्छ । र, विकासको गति झन् बढ्छ ।’

यादव आफू प्रदेश सभा सदस्य रहँदा जनता आवास कार्यक्रमका जिल्ला संयोजक पनि थिए । उक्त समयमा जिल्लाभरिका झण्डै ७ सय डोम परिवारका लागि आवास पनि निर्माण गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजका औषधि पसलको अनुगमन : सटर बन्द गरेर व्यापारीको भागाभाग

Next Post

काठमाडौमा थपियाे बागेश्वरी सेवा समितिका १३ संरक्षक सदस्य 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
काठमाडौमा थपियाे बागेश्वरी सेवा समितिका १३ संरक्षक सदस्य 

काठमाडौमा थपियाे बागेश्वरी सेवा समितिका १३ संरक्षक सदस्य 

बागेश्वरी सेवा समितिको काठमाडौं उपत्यका समिति गठन

बागेश्वरी सेवा समितिको काठमाडौं उपत्यका समिति गठन

चिम्टी अग्निपीडितका लागि निःशुल्क स्वास्थ्य शिबिरकाे आयाेजना

चिम्टी अग्निपीडितका लागि निःशुल्क स्वास्थ्य शिबिरकाे आयाेजना

डाकनेश्वरीका राजनीतिक दलद्वारा शिक्षक सरूवा खारेज गर्न माग

डाकनेश्वरीका राजनीतिक दलद्वारा शिक्षक सरूवा खारेज गर्न माग

राजविराजबाट हज यात्रामा जान लागेकालाई सम्मान

राजविराजबाट हज यात्रामा जान लागेकालाई सम्मान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.