ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीको कुन पालिकामा कति छन् एचआइभी संक्रमित ?


सप्तरीको कुन पालिकामा कति छन् एचआइभी संक्रमित ?

Loading

राजविराज । खासगरी यौन सम्पर्कको माध्यमले लाग्ने एचआइभी संक्रमितको संख्या सप्तरीमा बढ्दै गएको छ । पछिल्लो एक बर्षको अवधीमा १४ जना एचआइभी संक्रमित देखिएका छन् ।

सहयोगी समाजले आईतबार राजविराजमा आयोजना गरेको सरोकारबालासँगको अन्तरकृया कार्यक्रममा हालसम्म जिल्लामा १८१ जना एचआइभी संक्रमित रहेको तथ्यांक देखाइएको छ । यसमध्ये ८८ जना पुरुष, ८३ जना महिला र ९ जना तेस्रो लिंगी छन् ।

अन्तरकृयामा सहयोगी समाजका कार्यक्रम संयोजक प्रदीप लामिछानेले संक्रमितमध्ये १८ जना बालबालिका समेत छन् । उनका अनुसार २ जना बालबालिका २ बर्ष उमेरभित्रकै छन् ।

संक्रमित सबै निम्न वर्गका व्यक्ति रहेका छन् ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको एचआइभी फोकल पर्सन सुनिता यादवले आमाको गर्भबाट संक्रमितै अवस्थामा ती दुई बालबालिका जन्मिएको जानकारी दिइन् ।

उनका अनुसार संक्रमित सबै सम्पर्कमा रहेको र नियमित औषधि सेवन गरिरहेका छन् ।

यादवले शंका लागेको आधारमा आफूहरुले एचआइभीको जाँच गर्ने गरिएको बताउँदै अहिलेसम्म संक्रमित देखिएका सबै निम्न वर्गका व्यक्ति रहेको बताइन् ।

उनले कुल संक्रमितमध्ये १३४ जनाको स्वास्थ्य बिमा समेत गराइदिएको बताइन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख देबकान्त झाले एचआइभी संक्रमितका लागि पालिकाहरुले पनि सहयोग गर्नुपर्ने बताए ।

कुन पालिकामा कति संक्रमित ?

कार्यक्रममा जिल्लाको १८ वटै पालिकाको एचआइभी संक्रमितको तथ्यांक प्रस्तुुत गरियो । जस अनुसार सबैभन्दा बढी संक्रमित सदरमुकाम समेत रहेको राजविराज नगरपालिकामा छ । यो नगरपालिकामा १२ पुरुष, ७ महिला र २ तेस्रो लिंगी गरी २१ जना संक्रमित छन् । दोस्रोमा हनुमाननगर कंकालिनी नगरपालिका छ । यो पालिकामा ८ पुरुष र १० महिला गरी १८ जना संक्रमित छन् ।

तेस्रोमा डाक्नेश्वरी नगरपालिका छ । यो पालिकामा ९ पुरुष र ७ महिला गरी १६ जना एचआइभी संक्रमित छन् ।

चौथोमा कंचनरुप नगरपालिका र छिन्नमस्ता गाउँपालिका छन् । यी दुबै पालिकामा १५÷१५ जना संक्रमित छन् । कंचनरुपमा ६ पुरुष, ८ महिला र १ तेस्रो लिंगी तथा छिन्नमस्तामा ८ पुरुष, ६ महला र १ तेस्रो लिंगी संक्रमित छन् ।

शम्भुनाथ नगरपालिकामा ८ पुरुष, ४ महिला र १ तेस्रो लिंगी गरी १३ जना संक्रमित रहँदा खडक नगरपालिकामा पनि १३ जना नै छन् । यहाँ ७ पुरुष र ६ महिला संक्रमित छन् ।

राजगढ गाउँपालिकामा ६ पुरुष र ४ महिला गरी १० जना संक्रमित रहँदा अग्निसाइर कृष्णसवरन गाउँपालिकामा ३ पुरुष र ६ महिला गरी ९ जना, बलान बिहुल गाउँपालिकामा ५ पुरुष र २ महिला गरी ७ जना एचआइभी संक्रमित छन् ।

तिलाठी कोइलाडी गाउँपालिकामा ५ पुरुष र १ महिला गरी ६ जना रहँदा बोदे बर्साइन नगरपालिकामा ६ जना नै छन् । बोदे बर्साइनमा ५ पुरुष र १ महिला संक्रमित छन् ।

महादेवा गाउँपालिकामा २ पुरुष र ३ महिला गरी ५ जना, रुपनी गाउँपालिकामा १ पुरुष र २ महिला गरी ३ तीन जना तथा सप्तकोशीमा १ महिला र १ पुरुष गरी २ जना संक्रमित छन् ।

बिष्णुपुर गाउँपालिकामा १ पुरुष, तिरहुत गाउँपालिकाम १ महिला र सुरुङा नगरपालिकामा १ जना पुरुष एचआइभी संक्रमित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

पत्रकार महासंघ अगाडि युनियनकर्मीको धर्ना

Next Post

बग्दै गरेको पानीमा डुबेर बालकको मृत्यु 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

बग्दै गरेको पानीमा डुबेर बालकको मृत्यु 

उत्कृष्ट विद्यार्थीलाई हनुमाननगर कंकालिनी नपाद्धारा सम्मान

उत्कृष्ट विद्यार्थीलाई हनुमाननगर कंकालिनी नपाद्धारा सम्मान

मधेश : एमाले, जनमतबाहेकका पार्टीका मन्त्रीलाई बर्खास्त गरिदै

मधेश : एमाले, जनमतबाहेकका पार्टीका मन्त्रीलाई बर्खास्त गरिदै

लोसपाले सतिश नेतृत्वको सरकारलाई दियो समर्थन

लोसपाले सतिश नेतृत्वको सरकारलाई दियो समर्थन

बजेट इन्ट्रीमा गलत गर्नेलाई कार्वाही हुन्छ : मुख्यमन्त्री सिंह

बजेट इन्ट्रीमा गलत गर्नेलाई कार्वाही हुन्छ : मुख्यमन्त्री सिंह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.