ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

युवा पालिका अध्यक्षको पहल : सडक बनाउन सडकमै संवाद


युवा पालिका अध्यक्षको पहल : सडक बनाउन सडकमै संवाद

Loading

सप्तरीको अधुरो रूपनी –छिन्नमस्ता सडकखण्डको काम तिब्र रूपमा गराउन छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीले सडकमा बसेर स्थानीयबासीसँग सम्वाद गरेका छन् ।
अध्यक्ष चौधरीले बुधबार छिन्नमस्ता गाउँपालिका ६ कोचाबखारीस्थित रूपनी–छिन्नमस्ता सडकखण्डको बीचमै बसेर स्थानीय अगुवा तथा आमनागरिकसँग सम्वाद गरेका हुन् ।
सम्वादमा सडकदेखि सिंहदरवारसम्म पालिका जनप्रतिनिधिहरुले आन्दोलनको गर्ने निष्कर्ष निकालेको पालिका अध्यक्ष चौधरीले जानकारी दिए ।
उक्त सम्वाद कार्यक्रममा छिन्नमस्ता गाउँपालिकावासी रहेका नेपाल सरकारका पुर्वमन्त्री उमेश यादव समेतको सहभागीता रहेको थियो ।
यसअघि अध्यक्ष चौधरी प्रधानमन्त्री निवास बालुवाटारमा केपी शर्मा ओलीसँग भेट गरेर रुपनी– छिन्नमस्ता मन्दिर हुँदै नेउर सम्मको सडक निर्माणमा भइरहेको ढिलासुस्ती तथा लापरवाहीमा आवश्यक निर्देशनको लागि प्रधानमन्त्रीलाई आग्रह गरेको थिए ।
त्यसअघि सडक विभागका डिजी रामहरी पोखरेलसँग समेत भेटेर उनले ध्यानाकर्षण गराएका थिए ।
केही समयअघि छिन्नमस्ता गाउँपालिकाको कार्यालयमै सडक विभागका कर्मचारीहरूसँग छलफल गरेर उनले सडक निर्माणको लागि आग्रह सहित आन्दोलनको चेतावनी दिएका थिए । उक्त छलफलमा आउँदो ५ दिन भित्र काम सकाउने निर्णय भएपनि त्यस अनुसार काम हुन सकेन् ।
त्यसपछि अध्यक्ष चौधरीसहित छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधिहरू सडक डिभिजन कार्यालय लहानमा धर्नामा बसे ।
अध्यक्ष चौधरी सडकको कामलाई चाँडै सम्पन्न गराउन संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय दमक झापा (झापादेखि कमलासम्म)को प्रमुख सुई विनोद मौवारसँग समेत छलफल गरेका थिए ।
टेन्डर भएको २ बर्ष भइसक्दा समेत काम हुन नसकेपछि पालिका अध्यक्षले आफै चासो लिएर काम गराउन प्रयास थालेका छन् । त्यस सडकको काम पुरा भएसँगै छिन्नमस्तामा आन्तरिक तथा वाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने अध्यक्ष चौधरीले विश्वास व्यक्त गरेका छन् ।
‘यो सडकले ऐतिहासिक धार्मिकस्थल छिन्नमस्ता शक्तिपीठ अवातजावतमा पर्यटकलाई सहज हुनेछ जसले यहाँ आन्तिरक तथा बाह्य पर्यटकको राम्रो संख्यामा बृद्धि हुन्छ,’ उनले भने, ‘यसले यहाँको स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्नेछ ।’
उक्त सडक निर्माणको लागि पालिका अध्यक्ष चौधरीले भौतिक पूर्वाधारमन्त्री, मुख्य सचिव, सडक विभागप्रमुखदेखि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भेटेका थिए ।
रूपनीदेखी राजविराज भइ छिन्नमस्ता हुँदै नेउर बोर्डरसम्मको टेन्डर भएको यस सडकको काम सुस्त गतिमा चलिरहेको छ । सडकमा खाल्डाखुल्डीले गर्दा यात्रुहरुलाई आवतजावत गर्न कठिनाइ हुन्छ । यो सडक सप्तरीको सदरमुकाम राजविराजलाई जिल्लाको प्रसिद्ध शक्तिपीठसँग जोड्ने मार्ग हो । यो सडक निर्माण नहुँदा श्रदालु भक्तजनहरूलाई मन्दिरसम्म पुग्न अपठ्यारो हुन्छ भने यहाँको पर्यटकीय आम्दनीलाई समेत असर पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

शिक्षक कक्षा कोठामै सुतेको पाइएपछि…

Next Post

जयमाला मृत्यु प्रकरण : पक्राउ परेका साह पुर्पक्षका लागि थुनामा 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जयमाला मृत्यु प्रकरण : अढाई महिनापछि साह पक्राउ

जयमाला मृत्यु प्रकरण : पक्राउ परेका साह पुर्पक्षका लागि थुनामा 

श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

श्रीकृष्णाजन्मष्टमी विशेष : जब श्रीकृष्णबारे सुनेर तालीको गड्गडाहट भएको थियो

गोइठीस्थित मलखाद्य पसलमा आगजनी

गोइठीस्थित मलखाद्य पसलमा आगजनी

वागेश्वरी सेवा समितिबिरुद्ध परेको रिट खारेज

वागेश्वरी सेवा समितिबिरुद्ध परेको रिट खारेज

राजविराजमा रथयात्रा, उल्लेख्य सहभागिता (फोटो फिचर सहित)

राजविराजमा रथयात्रा, उल्लेख्य सहभागिता (फोटो फिचर सहित)

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.