राजविराज । लगातारको बर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब निरन्तर बढ्दै गएको छ ।
शनिबार रात १० बजेको मापन अनुसार सप्तकोशी नदीमा पानीको बहाब ६ लाख क्रस गरेको छ । ६ लाख १ हजार ६०९ क्यूसेक बहाब भइरहेको कोशी व्यारेज नियन्त्रण कक्षले जनाएको छ ।
पानीको बहाब लगातार बढ्दै जाँदा कोशी व्यारेजका सबै ५६ वटा ढाेका बिहानैदेखि खोलिएको छ ।
अहिले व्यारेजकाे पुलमाथिबाट बाढी बग्न थालेको छ । काेशीकाे पश्चिम तर्फको बाँध सिपेज गर्न थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1