गंगा प्रसाद साह
भारदह । जनता समाजवादी पार्टी (जसपा) सप्तरीले हनुमाननगर कंकालिनी नगरपालिकाको तदर्थ समिति गठन गरेका छ ।
बुधबार आयोजित एक कार्यक्रमकाबीच नगर समिति घोषणा गरिएको हो । समितिको संयोजकमा कृष्ण कुमार यादव ‘कृष’ लाई चयन गरिएको छ । उनी जसपाबाट निर्वाचित नगरपालिकाको वडा नम्बर १३ का अध्यक्ष समेत हुन् ।
समितिको सह संयोजकमा जितेन्द्र खड्गालाई राखिएको छ भने सचिवमा बिन्देश्वर राउत, उप सचिवमा श्याम यादव र कोषाध्यक्षमा सुभाषचन्द्र झालाई राखिएको छ ।
जितेन्द्र कुमार यादव, उपेन्द्र मण्डल, बिनोद खड्गा, रामजनम यादव, सीता साह, अनिरुद्ध यादव, बेचन राय, राजकुमार यादव, फुलकुमारी रजक, सुखीलाल मण्डल, बिरेन्द्र मण्डललाई सदस्यमा चयन गरिएको छ ।
यस्तै, राजिन्द्र मण्डल, जितेन्द्र यादव, बासिर मियाँ, फुलेन्द्र राउत, सुकदेव यादव, सुरेन्द्र यादव, सुमन कुमार मेहता, जिबछ मण्डल, निकेश मण्डल, ब्रम्हदेव मण्डल, ओमनारायण मण्डल, दिनेश मुखिया, काशिन्द्र मगरदैतालाई पनि सदस्यमा चयन गरिएको छ ।
पार्टीका केन्द्रीय सचिव शैलेन्द्र साह तथा केन्द्रंीय सदस्य शम्भु झाको उपस्थितिमा यो घोषणा कार्यक्रम गरिएको हो ।