ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डाक्नेश्वरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

Loading

राजविराज । आगामी मंसिर १६ गते हुने उप निर्वाचनका लागि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

यो नगरपालिकाको वडा नम्बर १ र ४ मा वडा अध्यक्ष पदका लागि उप निर्वाचन हुनेछ ।

शुक्रबार एक कार्यक्रमकाबीच मुख्य निर्वाचन अधिकृत दिपक दाहालले उद्घाटन गरेका छन् ।

डाक्नेश्वरी नगरपालिका कार्यालयको भवनमा यो कार्यालय स्थापना गरिएको छ ।

उप निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन मुख्य निर्वाचन अधिकृत दाहालले सबैसँग अनुरोध गरे । उनले निष्पक्ष तरिकाले निर्वाचन हुने बताउँदै आचारसंहिताको पालना सबैले गर्नुपर्ने बताए ।

यसैबीच मुख्य निर्वाचन अधिकृत दाहाल, सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणी पौडेल, राष्ट्रिय अनुसन्धान प्रमुख सुरेन्द्र कोइरालासहितकाले जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधिहरूले मतदान केन्द्रहरूको निरीक्षण र अनुगमन समेत गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी दाहालले आम नागरिकलाई निर्धक्क रूपमा मतदान गर्ने वातावरण तयार गर्न शान्ति सुरक्षामा कुनै पनि कमी नहुने विश्वास दिलाए । उनले निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउने प्रतिबद्धता जनाउँदै सुरक्षाकर्मीलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको जानकारी गराए ।

उनले मतदान केन्द्रहरूको निरीक्षणका क्रममा सुरक्षाका सबै उपायहरू लागू गरिने र कुनै पनि त्रुटी हुन नदिने बताउँदै निर्धक्क रूपमा आफ्ना मताधिकार प्रयोग गर्न सक्ने सुनिश्चितता स्थानीय प्रशासनले गरेको जानकारी गराए ।

निर्वाचनको सफल सञ्चालनका लागि सबै पक्षको सहकार्य र निगरानी आवश्यक रहेको भन्दै प्रमुख जिल्ला अधिकारीले शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्न पूर्ण प्रतिबद्ध रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

दाजुभाई–दिदीबहिनीबीचको मायाको सन्देश सञ्चार गर्ने सामा चकेवा पर्व

Next Post

उम्मेदवारी दर्ता शुरु : डाक्नेश्वरी १ मा जसपाको उम्मेदवारी दर्ता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उम्मेदवारी दर्ता शुरु : डाक्नेश्वरी १ मा जसपाको उम्मेदवारी दर्ता

उम्मेदवारी दर्ता शुरु : डाक्नेश्वरी १ मा जसपाको उम्मेदवारी दर्ता

प्रभू साह भन्छन्–उपेन्द्र डराएको मूसो, सिके राउत रंग फेर्ने छेपारो

प्रभू साह भन्छन्–उपेन्द्र डराएको मूसो, सिके राउत रंग फेर्ने छेपारो

डाक्नेश्वरी १ र ४ : एमालेका उम्मेदवार भगवती र संजय

डाक्नेश्वरी १ र ४ : एमालेका उम्मेदवार भगवती र संजय

डाक्नेश्वरीमा जनमतका उम्मेदवार शैलेन्द्र र उदयनारायण

डाक्नेश्वरीमा जनमतका उम्मेदवार शैलेन्द्र र उदयनारायण

डाक्नेश्वरी १ र ४ दुबैमा कांग्रेसद्वारा उम्मेदवारी दर्ता

डाक्नेश्वरी १ र ४ दुबैमा कांग्रेसद्वारा उम्मेदवारी दर्ता

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.